विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङस्थित मिदिम खोलामा निर्माणाधीन ७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको काम ४० प्रतिशत पूरा भएको छ । अबको ५ महिनामा विद्युत उत्पादन सुरु गर्ने गरी भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको यति काम सकिएको हो ।

अहिले आयोजनाको बाँध, विद्युतगृह र पाइप लाइनको काम एकसाथ अघि बढेको कम्पनीका वित्तीय व्यवस्थापक दिनेशराज पन्तले बताए । उनका अनुसार बाँध क्षेत्रको अन्तिम चरणको काम भइरहेको छ ।

आयोजनाका लागि ३ हजार ७ सय ३५ मिटर लामो पाइपलाइन निर्माण हुनेछ । ‘पाइप जडान गर्ने काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युतगृहको पनि सिभिल संरचनाको काम सकिएको छ ।’

अहिले आयोजनाको काम तिव्र गतिमा अघि बढाउन नसकिएको पनि पन्तले बताए । ‘आयोजनास्थल जाने सडक बाढीले बगाउँदा भन्सारमा रहेको उपकरण पुर्याउन सकिएको छैन, स्थानीयले सडक बनाउने काम गरिरहेकोले तिहारपछि मात्र कामले तिव्रता लिनेछ’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरणले आयोजनाका लागि २०७८ साउनमा विद्युत् उत्पादन सुरु गर्ने तालिका तोकेको थियो । तर, कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन अवधि पनि १ वर्ष धकेलिएको थियो ।

पछिल्लो तालिका अनुसार आयोजनाको सबै काम पूरा गरी २०७९ साउनभित्र विद्युत उत्पादन  सुरु गर्ने योजना थियो तर, सोचेअनुरुप काम नभएपछि तालिका फेरी प्रभावित भएको छ । अबकाे नयाँ तालिका अनुसार आगामी फागुनभित्र उत्पादन सुरू गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न भइ सञ्चालनमा आएपछि उत्पादित विद्युत् २५ किलोमिटर टाढा रहेको प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले नै निर्माण गरिरहेको छ ।

कम्पनीले आयोजना निर्माण गर्न २०७६ भदौ २६ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएको थियो । १ अर्ब ४४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कुमारी बैंकको अगुवाई सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वँपुजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit