विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ११, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

रसुवा । सिन्धुपाल्चोक र रसुवाका ३ वटा जलविद्युत् आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने भएको छ । लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट), माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत् आयोजनाको (४२.५ मेगावाट) गरी १६८.३ गरी २७०.३ मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण ग्रीडमा जोडिनेछ ।

सन् २०१७ को डिसेम्बरमा चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन निर्माणको प्रभावकारी सम्झौता भए पनि विभिन्न कारणले समयमै प्रसारण लाइन र सबस्टेशन बन्न नसक्दा निर्माण कार्य सम्पन्न भएर सञ्चालन हुन नसकेका आयोजनाबाट राज्यलाई दैनिक करोडौँ नोक्सानी भइरहेको छ । यसै सन्दर्भमा ऊर्जामन्त्री दीपक खड्काले मंगलबार रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन  तथा सबस्टेशनको स्थलगत निरीक्षण गरेका थिए । 
    
मन्त्री खड्काले प्रसारण लाईन निर्माणको काम ढिला हुँदा राज्यलाई दैनिक करोडौँ नोक्सानी भएकाले अब ढिलासुस्ती गर्ने कुनै छुट नरहेको बताए । ‘गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाई हुँदा जनताहरु प्रतक्ष्य मारमा परेका छन्, अब हेलचक्र्याँई गर्ने ठाउँ छैन,’ उर्जामन्त्री खड्काले भने । 
 
नुवाकोटको पैरेबेसीमा निर्माण भएको त्रिशुली थ्री बी हब २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सबस्टेशन र रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हब २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सबस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत खेर गइरहेको थियो । 

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत त्रिशुली थ्री बी हव २२०/१३२/३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत काठमाडौँको मातातीर्थ सबस्टेशनमा पु¥याइने छ ।      

चिलिमे हवदेखि त्रिशुली हवसम्मको २८ किलोमिटर लम्बाई भएको प्रसारण लाईनमध्ये २० किलोमिटर लम्बाईको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटर लम्बाईको चार सर्किट लाईन (२४ वटा टावर) रहेका छन् । चार सर्किट लाइन रहेको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशुली एक (२१६ मेगावाट) बाट उत्पादन हुने विद्युतलाई त्रिशुली थ्री बी हबसम्म जोडि राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत प्रवाह गरिनेछ । 

प्रसारण लाइनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेशन निर्माण भएतापनि हाल त्रिशुली थ्री बी हबको छेउमा (६०० मीटर लम्बाई),  मैलुङ बेसी (१२३५ मीटर लम्बाई) र हाकु (१४०० मिटर लम्बाई) मा तार तान्ने कार्य भइरहेको छ । 

मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भएपनि प्रसारण लाइन निर्माणको कामलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत् आयोजनाको टेस्टिङ कमिसनिङ कार्यसमेत सम्पन्न गर्न निर्देशन दिए ।  जलविद्युत आयोजना र प्रसारण लाईन निर्माणको तालमेल नमिल्दा दैनिक करोडौँ रुपैँया राज्यले नोक्सानी ब्यहोरीरहेको उनको भनाइ थियो ।      

निरीक्षणका क्रममा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सोही क्षेत्रका प्रतिनिधीसभा सदस्य इन्जिनीयर मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत आयोजनालाई समयमा सम्पन्न गरी राष्ट्रिय ग्रीडमा जोड्न सरकारले पहल गर्नुपर्ने बताए ।  

निरीक्षणका क्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेशनको स्थलगत निरीक्षण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३