विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ९ मा पहिचान भएको ४.५ मेगावाटको माथिल्लो भुरुन्दी–ए जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । निको इनर्जी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् किन्ने सम्झौता भएको हो ।

प्राधिकरणले आयोजनाको विद्युत् प्रतिमेगावाट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कम्पनीका प्रबन्ध सञ्चालक कर्मराज तामाङले बताए ।

‘अहिले आयोजनाको आयोजनास्थलमा काम सुरु गर्नु पूर्वको अन्तिम चरणको काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘मंसिरदेखि आयोजनास्थमा निर्माण सुरु हुनेछ, क्याम्प, पहुँचमार्गको काम सुरु हुनेछ ।’

आयोजना निर्माण सम्पन्न गर्न ८९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा प्रतिमेगावाट लागत १९ करोड ७७ लाख रुपैयाँ लाग्नेछ । कूल लगानीको ७० प्रतिशत बैंक तथा वित्तिय संस्थाले लगानी गर्नेछन् भने बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहनेछ । लगानी सम्झौता प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

पिपिएअनुसार आयोजनाको काम २०८४ कात्तिक ७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । तर, निर्माण सुरु भएको साढे दुई वर्षभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको तामाङले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ९.६ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३