विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माण सम्पन्न १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।मायाखोला हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको आन्तरिक परीक्षण सफल भएपछि एउटा युनिटको विद्युत ग्रिडमा जोडिएको हो ।

आयोजनाको उपकरणहरूलगायत सबै क्षेत्रकाे परीक्षण पूरा भएपछि फागुन ४ गतेदेखि प्रसारण प्रणालीमा जोडिएको आयोजना संयोजक भरत थापाले बताए । ‘अहिले एउटा युनिटको विद्युत मात्र प्रसारण प्रणालीमा जोडिएको छ’, उनले ऊर्जाखबरसँग भने, ‘अर्को युनिटको विद्युत एक साताभित्र जोडिनेछ ।’

उत्पादन परिक्षण थाल्ने क्रममा एउटा युनिटमा समस्या आएकोले अहिले मर्मतको काम भइरहेको छ । मर्मतको काम सम्पन्न ३/४ दिन लाग्नेछ । ’आयोजनाको दोस्रो युनिटको विद्युत पनि प्रणालीमा जोडिएपछि मात्र नेपाल विद्युत प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ, त्यसपछि मात्र व्यापारिक उत्पादन सुरु हुनेछ’ उनले थपे । आयोजनामा ७.७५ मेगावाटको दुई वटा उत्पादन युनिट छन् ।

राष्ट्रिय ग्रिडमा जोडिएको युनिटबाट अहिले ३ मेगावाट विद्युत उत्पादन भइरहेको थापाले बताए । आयोजनाको विद्युत ३ किलोमिटर दुरीमा रहेको  प्राधिकरणको कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी लाइन कम्पनीले आफैले निर्माण गरेको हो ।

आयोजनाको निर्माण सम्पन्न गरी २०७८ असारदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कोरोना महामारीको दोस्रो लहरमा ४० जना बढी कामदार तथा कर्मचारी संक्रमित भएपछि निर्माण प्रभावित हुँदा विद्युत उत्पादन हुने तालिका प्रभावित भएकाे हो ।

आयोजनाले वार्षिक ८ करोड १५ लाख ६५ हजार ६ सय ५४ किलोवाट विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ । यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३