विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उदयरपुरको कटारीका स्थानीयबासीले निर्माणाधीन १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको बदल्न माग गरेका छन् । कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा राजधानी आएका स्थानीयबासीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेटी प्रसारण लाइनको रुट सार्नुपर्ने माग राखेका हुन् ।

आफुहरूले कार्यकारी निर्देशकसमक्ष कटारी नगरपालिकाको ४ नम्बर वडाको रुट सारिदिन माग गरेको प्रमुख श्रेष्ठले बताए । उनले ४ नम्बर वडा बजार विस्तार हुने क्षेत्र भएकाले रुट सार्न आग्रह गरेको बताए ।

‘हामीले सोझो भाषामा बुझ्दा प्रसारण लाइनको रुटको सर्वे नै गलत तरिकाले भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बजार क्षेत्रमा असर नपर्ने गरी रुट सारिनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले कार्यकारी निर्देशकबाट प्राविधिकरूपमा प्रसारण लाइनको रुट सार्न नसकिने जवाफ आएको बताए ।

राजनितिक तहबाट निर्णय भएको अवस्थामा मात्रै प्रसारण लाइनको रुट बदल्न सकिने कुरा शाक्यले प्रष्ट पारेको उनले बताए । ‘शाक्य ज्यूले प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेकाले अहिले आएर प्राविधिरूपमा प्रसारण लाइनको रुट सार्न सक्दैनौ भन्नुभयो । अब हामी राजनितिकरूपमा पनि पहल गछौं’ उनले भने ।

कटारीको रुट सारिएमा अन्य जिल्लामा निर्माणाधीन प्रसारण लाइनमा पनि यस्ता माग आउने हुँदा पनि निर्णय लिन नसकिने जवाफ प्राधिकरणबाट पाएको श्रेष्ठले बताए । उनले आजै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीलाई भेटेर आफ्नो माग समेटिएको ज्ञापन पत्र बुझाउन लागेको बताए ।

प्रसारण लाइनको रुट सार्नुपर्ने माग लिएर श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय टोली उदयपुरबाट काठमाडौं आएको छ । स्थानीयले अवरोध गर्दा उदयपुरको करुवामा प्राधिकरणले प्रसारण लाइनको काम अघि बढाउन सकेको छैन । करुवामा प्रसारण लाइनको १० वटा टावरको काम बाँकी छ ।

प्रसारण लाइन अन्तर्गत मरुवा क्षेत्रमा प्रसारण लाइनका १० वटा टावर पर्छन । अन्यत्रको काम सकिँदै गए पनि मरुवाका स्थानीयबासीले अहिलेसम्म प्रसारण लाइनको टावर राख्ने जग खन्न दिएका छैनन् । यो क्षेत्रमा डेढ वर्षदेखि काम अघि बढ्न सकेको छैन ।

अवरोध नभएका स्थानको काम सकिँदै गएकाले ठेकेदारका लागि काम गर्ने वातावरण बनाइदिन नसक्ने अवस्था आएको आयोजना प्रमुख जनार्दन गौतमले बताए । अहिलेसम्म प्रसारण लाइनको ३ सय २ मध्ये २ सय ९२ वटाको जग खनेर सकिएको छ ।

२ सय ९१ वटा टावर खडा भइसकेका छन् । ९० मिलोमिटर लामो प्रसारण लाइनमा ७५ किलोमिटर तार पनि टाँगेर सकिएको छ । तत्कालै समस्या समाधान हुने हो भने चैतभित्र प्रसारण लाइन सम्पन्न गर्न सम्भव रहेको गौतमले दाबी गरे ।

स्थानीय अवरोधले प्रसारण लाइनको निर्माण रोकिँदा  यसको असर सोलु बेसिनका जलविद्युत आयोजनामा परिरहेको छ । प्रसारण लाइन सम्पन्न हुन नसकेकै कारण २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । 

निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका पनि सरिरहेको छ । यो प्रसारण लाइनमा प्रवाह हुने गरी अहिले सोलु बेसिनमा ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् । माथिल्लो सोलु र तल्लो सोलुको निर्माण सकिन लागेकाले प्राधिकरणलाई प्रसारण लाइन सम्पन्न गर्नुपर्ने दबाव छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit