विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरपालिका र ललितपुर उप–महानगरपालिकाको सडकका विभिन्न रुटमा स्मार्ट बत्ती (लाइट) जडान गर्ने भएको छ । प्राधिकरणले महानगर र उपमहानगरसँगको सहकार्यमा सडकका बत्तीको स्तरोन्नति गर्न स्मार्ट बत्ती जडान गर्न लागेको हो ।

काठमाडौं महानगरमा एयरपोर्टबाट कोटेश्वर हुँदै कलंकीसम्मको सडक रुटमा स्मार्ट बत्ती राख्ने प्राधिकरणको योजना छ । साथै, महाराजगन्जको नारायण गोपाल चोक क्षेत्रका सडकका पनि स्मार्ट सडक बत्ती राखेर स्तरोन्नति गरिने भएको छ ।

काठमाडौं महानगरमा ९० र १२० वाटका स्मार्ट बत्ती राखिने प्राधिकरण ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग अन्तर्गतको ऊर्जा दक्षता महाशाखाका इन्जिनियर विराट शर्माले बताए । ‘काठमाडौं महानगरभित्र २ हजार ७८ वटा स्माट बत्ती जडान हुँदैछन्,’ उनले ऊर्जा खबरसँग भने, ‘जसमा ९० वाटका १२ सय २७ वटा र १२० वाटका ८५१ वटा राख्ने हाम्रो तयारी छ ।’ 

उनले धेरै बत्ती अहिले भएका प्राधिकरणका संरचनामा  जडान गरिने र २७० वटाका लागि मात्रै नयाँ संरचना बनाएर स्मार्ट बत्ती जडान गरिने बताए । काठमाडौंका सडकको रुट ६० किलोमिटर हाराहारीमा हुने पनि उनले बताए ।

यस्तै, ललितपुरको ३२ किलोमिटर सडकमा १४ सय वटा स्मार्ट सडक बत्ती जडान हुँदैछन् । जसमा ६० वाटका २ सय ३९ वाट र ९० वाटका ११ सय ६१ वटा छन् । २०० वाटका ‘हाइमास्ट’ बत्ती पनि १५ ठाउँमा जडान हुँदैछन् । 

ललितपुरले स्मार्ट बत्ती जडान गर्न प्राधिकरणलाई ७ वटा रुट दिएको छ । यी रुटमा सातदोबाटो– हरिसिद्धि, सातदोबाटो–धापाखेल, सातदोबाटो–सुनाकोठी, एकान्तकुना–भैंसीपाटी–बुङ्मती छन् । यसैगरी, बुङ्मती दोबाटोदेखि रातो मछिन्द्रनाथ मन्दिर, खोकना दोबाटोदेखि रुद्रायणी मन्दिर र खोकना पसपार्कदेखि मुङ्मती मन्दिरसम्मको रुट रहेका छन् । 

प्राधिकरणले काठमाडौं र ललितपुरका यी रुटमा स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का आह्वान गरिसकेको छ । काठमाडौंका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ललितपुरको भर्खरै ठेकेदार छनोट गर्न बोलपत्र आह्वान भएको छ ।

ठेकेदारसँग ठेक्का सम्झौता भएको १ वर्षभित्रमा स्मार्ट सडक बत्ती जडान गरिसक्ने प्राधिकरणको योजना छ । स्मार्ट बत्ती जडान गर्ने ठेकेदारले नै ५ वर्षसम्म मर्मत संभारको काम पनि गर्नेछ ।

स्मार्ट सडक बत्ती जडानका लागि प्राधिकरणले कूल लागतको ४० प्रतिशत लगानी गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी काठमाडौं महानगर र ललितपुर उपमहानगरले नै गर्ने शर्माले जानकारी दिए । 

सडकमा जडान गरिएका स्मार्ट बत्ती प्राधिकरणको सर्भरमा जोडिन्छन् । सर्भरमा जोडिएपछि प्राधिकरणले नै स्मार्ट बत्ती बाल्ने र निभाउने काम आफैं गर्न सक्छ । साथै, सडक बत्तीले खपत गर्ने विद्युत परिमाण पनि आफैं हेरेर वास्तविक महसुल उठाउन सकिने शर्माले बताए । 

यसअघि पहिलो चरणमा प्राधिकरणले ललितपुरका विभिन्न रुटमा स्मार्ट सडक बत्ती जडान गरिसकेको छ । कुपन्डोल–सातोदोबाटो, पुल्चोक–पाटनढोका र जाउलाखेल–एकान्तकुना रुटमा सडक बत्ती जडान गरी सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit