विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको लमजुङ जिल्लाको सुन्दरबजार र राइनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिकामा निर्माण गर्न लागिएको ६१.३९ मेगावाटको मर्स्याङ्दी–३ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ ।

नेपाल सरकार, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभागले निर्माण गर्न लागेको आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग राय/सुझाव माग गरिएको हो ।

स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा राय÷सुझाव मागिएको छ । प्रस्तावित आयोजाबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका तथा त्यहाँका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एंव सरोकारवाला व्यक्तिसँग एक साताभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन भनिएको छ ।

आयोजनाको डिजाइन डिस्चार्ज १२५.६ घनमिटर प्रतिसेकेन्ड रहनेछ । आयोजनाको विद्युतगृह मर्स्याङदी नदीको बाँया किनारमा रहनेगरी डिजाइन तयार पारिएको छ ।

आयोजनाको मुख्य संरचनाहरू वाइर, डिस्यान्डर, हेडरेस टनेल, सर्ज ट्यांक, पेनस्टक पाइप, विद्युतगृह र टेलरेस रहेका छन् । आयोजनाबाट सुन्दरबजार नगरपालिकाको वडा नम्बर ७ र ८, राइनास नगरपालिकाको वडा नम्बर ६,८ र ९ तथा तनहुुँ जिल्लाको भानु नगरपालिकाको वडा नम्बर ९ र १० मा प्रभाव पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit