विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले बझाङमा निर्माण गर्न प्रस्ताव गरेको ८७ मेगावाटको सेती नदी–३ आंशिक जलाशय आयोजना (पीआरओआर) अघि बढ्ने भएको छ । कम्पनीले आयोजना अघि बढाउन विद्युत् विकास विभागमा उत्पदन अनुमति पत्रको माग गर्दै दिएको आवेदन अनुसार विभागले अनुमति प्रदान गर्न आवश्यक प्रक्रिया अघि बढाएको हाे । यही प्रक्रिया अन्तर्गत नै विभागले सोमबार सूचना जारी गरी आयोजना निर्माण गर्दा उल्लेखनीय वातावरणीय असर पर्ने भए विभागमा ३५ दिनभित्र लिखित राय सुझाव पेश गर्न आग्रह गरेको छ ।   

उक्त आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०८० मंसिर २५ गते स्वीकृत भइसकेको छ । 

८७ मेगावाटको उक्त आयोजनाबाट वार्षिक सरदर ४८२.५५६ गिगावाट (४८ करोड २५ लाख ५६ हजार युनिट) विद्युत् उत्पादन हुनेछ । 

कम्पनीका अनुसार आयोजनाका सम्पूर्ण संरचनाहरू जयपुथ्वी नगरपालिकाको सेती नदीको बायाँ किनारमा रहनेछन् । उत्पादित विद्युत्‌लाई विद्युत् गृहको स्वीचर्याडमा जोड्न ११.३७ एमभिएको ट्रान्सफर्मरबाट १२ किलोमिटर लामो डबल सर्किट ट्रान्समिसन लाइन मार्फत प्रस्तावित बझाङ्ग सब–स्टेशन कैलासमा जोडिनेछ । 

आयोजनाको बाँधस्थलभन्दा तल तथा विद्युत्गृहभन्दा माथिको खण्डमा पाइने जीवजन्तु, जलचर तथा बोटबिरूवाहरूका लागि आवश्यक पर्ने न्यूनतम पानी सरकारका सम्बन्धित निकायबाट स्वीकृत प्रतिवेदनमा उल्लेख गरेबमोजिम तल्लो तटीय क्षेत्रमा छोड्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । 

आयोजनाबाट २०२८ मे १० सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३