विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा विद्युतीकरण विस्तारका लागि निर्माण गरिएको ३३/११ केभी मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको यो लाइनको परीक्षण बिहीबारबाट सुरु गरिएको हो ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर लामो प्रसारण लाइन चार्ज गरी रातोढुङ्गामा निर्माण भएको ३३/११ केभी सबस्टेसन पनि परीक्षण गरिएको प्राधिकरणले जनाएको छ ।

लाइन मिलन चाेक सबस्टेसन हुँदै बेनी बजार, चुत्रेणी सिंगा,ताताेपानी, सिमलचाैर, बाबियाबजार हुँदै राताेढुङ्गा सबस्टेसन पुग्नेछ ।

प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत निर्माण भएको प्रसारण लाइनबाट प्रवाह गरिने भएकाले लाइनका खम्बा, तारलगायत संरचना नछुन र नचलाउन सूचनामार्फत अनुरोध गरेको छ ।
प्रसारण लाइनको खम्बा गाड्ने, तार तान्ने, सवस्टेसनमा संरचना निर्माण तथा उपकरण जडानको काम सकिएको छ ।

प्राधिकरणमार्फत सबस्टेसन र प्रसारण लाइन निर्माण गर्न सन् २०१६ मा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।

खम्बा गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सञ्चालन भएको थियो । ४ वर्षअघि नै सम्पन्न हुनुपर्ने सवस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ ।

रातोढुुङ्गा सवस्टेसन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने म्याग्दी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit