विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । चीनले विश्वको सातौं ठूलो १० हजार २ सय मेगावाटको वुडोङ्गडे जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन सुर गरेको छ । युनान र सिचुआन प्रान्तको सीमास्थित जिन्सा नदीमा निर्माण भएको आयोजनाका १२ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गरिएको हो ।

गत वर्ष पहिलो युनिट सञ्चालनमा आएकोमा यसै सातासम्ममा सबै युनिटबाट विद्युत उत्पादन सुरु गरिएको हो । पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु गर्नुअघि चाइना थ्री गर्जेज कर्पोरेशनले ७२ घन्टासम्म आयोजनाको परीक्षण गरेको थियो । परीक्षण सफल भएपछि सबै युनिटबाट विद्युत उत्पादन सुरु गरिएको अन्तर्राष्ट्रि सञ्चार माध्यमहरूले जनाएका छन् ।

आयोजनाले उत्पादन गरेको विद्युत दक्षिणी चाइना पावर ग्रिडमा जोडिएको छ । यो आयोजनाबाट उत्पादन भएको विद्युत ग्वाङ्गडोङ्ग, हङकङ र मकाउको विकासमा उपयोग गरिने समाचारहरूमा जनाइएको छ ।

यो आयोजनाको निर्माण सन् २०१५ बाट सुरु गरिएको थियो । निर्माण थालेको ६ वर्षमा  यति ठूलो आयोजना सम्पन्न भई सञ्चालनमा आएको हो ।आयोजनाको बाँधको उचाई २७० मिटर अग्लो छ ।

विश्वका बढी उचाई भएका बाँध मध्ये यो पनि एक हो । यो ‘लो हिट’ सिमेन्टको उपयोग गरी बनाइएको विश्वकै पहिलो जलविद्युत आयोजना पनि बनेको छ । ‘लो हिट’ सिमेन्टको उपयोगले ताक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।

आयोजना सञ्चालनमा आएसँगै ग्वाङ्गडोङ्ग प्राप्तमा हालै देखिएको विद्युतको समस्या समाधान भई ग्राहकले स्वच्छ ऊर्जा उपयोग गर्न पाउने भएका छन् । यो आयोजना चीनको प्रमुख आर्थिक केन्द्रको आपूर्ति व्यवस्थापन गर्ने गरी निर्माण गरिएको छ । 

विश्वको सातैं ठूलोमा पर्ने यो आयोजना चीनमा बनेका मध्ये चौथो ठूलो हो । आयोजनाले वार्षिक ३९ अर्ब किलोवाट विद्युत उत्पादन गर्नेछ । साथै, वार्षिक ३ करोड ५ लाख टन कार्वन उत्सर्जन घटाउन सकिनेछ ।आयोजनाबाट स्वच्छ ऊर्जा उत्पादन हुँदा सन् २०६० भित्र कार्वन उत्सर्जन तटस्थ राख्ने चीनको लक्ष्य पूरा गर्ने मद्दत पुग्ने समाचारमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit