विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक वर्ष २०८०/८१ सालको बजेट सार्वजनिक भएलगत्तै नयाँ विद्युत विधेयक संसदमा पेश गरिने बताएका छन् । दशकौंदेखि बहस र छलफलमा सीमित विद्युत ऐनले विद्युत विकासको समग्र पक्षमा असर पारेको सन्दर्भमा ऊर्जा खबरसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

विधेयक अहिले राय सुझावका लागि अर्थ मन्त्रालयमा पेश गरिएको तर मन्त्रालय बजेट तयारीमा व्यस्त रहेको हुँदा बजेट सार्वजनिक भए लगत्तै ताकेता गरेर संसद लैजाने काममा आफूले विशेष भूमिका खेल्ने मन्त्री बस्नेतले बताए । संसदमा पेश गराएर सक्दो छिटो छलफल गरी आउँदो अधिवेशनबाट विधेयक पारित गर्ने योजनाका साथ आफूले काम गरिरहेको उनको भनाइ छ ।

संविधानतः हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्रावधान रहेको छ । अहिले सरकार बजेट तयारीको अन्तिम चरणमा रहेको र आउँदो साता अर्थ मन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गर्नेछन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँगकाे पूर्ण अन्तर्वार्ता

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३