विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एक दर्जनभन्दा बढी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । निजी लगानीमा निर्माणाधीन तथा निर्माण सम्पन्न भई सञ्चालनमा आएका जलविद्युत प्रवर्द्धकले ३ करोड ६४ लाख २ हजार ३ सय ४५ कित्ता सेयर निष्कासनको तयारी गरेका हुन् ।

प्रतिकित्ता सय रुपैयाँ मूल्यमा साधारण सेयर निष्कासन अनुमतिका लागि १५ जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन दिनेमध्ये सबैभन्दा बढी सेयर रसुवागढी हाइड्रो पावर कम्पनीको रहेको छ ।

कम्पनीले रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको छ । कम्पनीले गत २०७८ पुस २३ गते अनुमतिका लागि आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

यस्तै, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि गत साउन १ गते आवेदन दिएको छ । कम्पनीले ओखलढुङगामा सञ्चालित ७ मेगावाटको मोलुङ खोला जलविद्युत आयोजनाको सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ । कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७४ चैत्र २३ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

थ्रिस्टार हाइड्रो पावर कम्पनीले पनि १२ लाख ३१ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि बोर्डमा गत साउन १७ गते आवेदन दिएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

कुथेली बुखारी स्मल हाइड्रो पावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि २ लाख ४३ हजार ७ सय ३५ कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बिक्री प्रबन्धक रहेको एनएमबी क्यापिटल लिमिटेडले सेयर निष्कासन गरी बाँडफाँड गर्न गत साउन ३२ गते अनुमतिका लागि आवेदन दिएको थियो ।

सुपर माई हाइड्रो पावरले पनि इलाममा सञ्चालित ६.८ मेगावाटको सुपर माइ जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको छ । कम्पनीले सय रुपैयाँमा अंकित १० करोड रुपैयाँ बराबरको १० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

इस्ट्रन हाइड्रो पावरले पनि स्थानीय र सर्वसाधारणका लागि १२ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 

एसियन हाइड्रो पावरले ११ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा सञ्चालित ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

पिपुल्स पावर कम्पनीले पनि ३० लाख ९९ हजार ७ सय ४० कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर प्रभु क्यापिटलले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

सिक्लेस हाइड्रो पावरले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्नेछ । कास्कीमा सञ्चालित १३ मेगावाटको मद्क्यू जलविद्युत केन्द्रको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीको आयोजनाले २०७४ चैत १९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

सान्जेन जलविद्युत कम्पनीले स्थानीयका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको रसुवामा ४२.५ मेगावाटको सान्जेन र १८.८ मेगावाटको माथिल्लो सान्जेन निर्माणाधीन छन् । 

अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले संखुवासभामा निर्माणाधीन ८.५ मेगावाटको माथिल्लो हेवा खोला साना जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ । कम्पनीले निर्माण गरीरहेको आयोजना अन्तिम चरणमा पुगेको छ ।

सयपत्री हाइड्रो पावर कम्पनीले ९ करोड रुपैयाँ मूल्यको ९ लाख कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले बागलुङमा सञ्चालित २.५ मेगावाटको दरमखोला जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न अनुमतिका लागि गत फागुन २० गते आवेदन दिएको हो ।

कम्पनीले स्थानीयका लागि ३ लाख कित्ता र ६ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबीएल एसीइ क्यापिटलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले बागलुङमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७३ असार १२ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रकसनले पनि सर्वसाधारण र स्थानीयका लागि २९ लाख ४१ हजार ४ सय १० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि बोर्डमा गत भदौ ८ गते आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ ।

स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रकसनले ४७ लाख ७९ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन गर्न सानिमा क्यापिटलाई बिक्री प्रबन्धक तोकिएको छ । यस्तै, मन्दाकिनी हाइड्रो पावरले १७ लाख ६४ हजार १ सय १० कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर बीओके क्यापिटल मार्केटले निष्कासन गरी बाँडफाँड गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit