विद्युत अपडेट

  • प्राधिकरण : ८९०१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५२७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७७७९ मे.वा.घन्टा
  • आयात : ३१२० मे.वा.घन्टा
  • निर्यात : १२४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : ८२५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५५९०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३९५ मे.वा.
२०८३ जेठ १९, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ जारी) गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्‌कित दरका ९ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गर्न लागेको हो । 

कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यस मध्ये पहिलो चरणमा स्थानीयबासी र वैदेशिक रोजगारीका नेपालीका लागि जारी गर्न लागेको हो ।

आयोजनाका अति प्रभावित ताप्लेजुङको सिरिजङ्‌गा गाउँपालिका– ८ का बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित सिरीजङ्‌गा गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाको वडा नम्बर ५ र ६, पाथीभरा याङवारक गाउँपालिकाको वडा नम्बर ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका– १ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बिक्री गर्ने योजना छ । 

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अङ्‌कित दरका ९३ हजार ७५० कित्ता साधारण वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिने भएको छ । 

सेयर खरिद गर्न मिल्ने सबैले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्ने छन् । आयोजन प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १० हजार कित्ताका र वैदेशिक रोजगारीका नेपालीले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छिटोमा चैत २३ गते र ढिलोमा २०८३ वैशाख ८ गते निष्काशन बन्द हुने छ। त्यस्तै, वैदेशिक रोजगारीका नेपालीका लागि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते निष्काशन बन्द हुनेछ ।

रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ ।

कम्पनीले ताप्लेजुङमा १३.५ मेगावाटको सुपर कबेली खोला 'ए' जलविद्युत केन्द्र सञ्चालन गरिरहेको छ । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३