विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८३ ब‌ैशाख ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

उटा मन्द, गहिरो गुन्जायमान आवाज विशाल, धमिलो उज्यालो भएको चिहानभित्रबाट निस्किन्छ, जहाँ बस्ने प्राणीले ऊर्जा र पानीलाई अमानवीय लोभका साथ खपत गर्छन् । बैजनी रङको बाकसजस्तो डेटा सेन्टर कुनै अर्थमा रक्तपिपासु जस्तै हो - फिक्का, अमर, तिर्खाएको । घामबाट टाढा राखिएको, रातभर सक्रिय । लोककथामा सुनिएअनुसार यो रातभर रगत पइरहने राक्षस ठानिन्छ । यसले कुनै ठाउँभित्र पस्न तबमात्र सक्छ, जब उसलाई भित्र पस्न निमन्त्रणा दिइन्छ ।

अमेरिकाभर राज्य र काउन्टीहरूमा कानुन निर्माताले यी रूपकात्मक यान्त्रिक राक्षसका लागि केवल ढोका मात्र खोलिरहेका छैनन् । उनीहरू कर छुट र अन्य प्रोत्साहनमार्फत तिनलाई भित्र्याइरहेका छन् । नयाँ नगरपालिका आम्दानी र कृत्रिम बुद्धिमत्ता वरिपरि भइरहेको तीव्र वृद्धिको हिस्सा प्राप्त गर्ने लालसा बढिरहेको देखिन्छ ।

यो कुरा अतिरञ्जित जस्तो लाग्न सक्छ तर डेटा सेन्टरहरू वास्तवमै स्रोतहरूका लागि अत्यन्त भोकाएका हुन्छन् । मध्यम आकारको डेटा सेन्टरले पनि सानो शहरले जत्तिकै पानी खपत गर्छ, जबकि ठूला डेटा सेन्टरले दैनिक ५० लाख ग्यालनसम्म पानी पिउँछन्, जुन करिब ५०,००० जनसङ्ख्या भएको सहरको बराबर हो ।

सर्भरका पङ्क्तिहरू सञ्चालन गर्न र चिसो राखिरहन पनि अत्यन्त धेरै विद्युत् आवश्यक पर्छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का अनुसार परम्परागत डेटा सेन्टर जस्तैः क्लाउड स्टोरेज वा भिडियो स्ट्रिमिङले १० हजारदेखि २५ हजार घरधुरी बराबर विद्युत् खपत गर्छ । नयाँ एआई-केन्द्रित “हाइपरस्केल” डेटा सेन्टरले १ लाख वा त्यो भन्दा बढी घरमा उपभोग हुने बराबरको विद्युत् प्रयोग गर्न सक्छन् ।

उदाहरणका लागि, लुइजियानामा निर्माणाधीन मेटाको हाइपरियन डेटा सेन्टरले पूर्ण भएपछि न्यू अर्लिन्स सहरको कुल विद्युत् खपतको दोब्बरभन्दा बढी प्रयोग गर्ने अपेक्षा गरिएको छ । वायोमिङमा योजना गरिएको अर्को मेटा डेटा सेन्टरले राज्यका सबै घरले प्रयोग गर्नेभन्दा बढी विद्युत् खपत गर्ने छ ।वास्तविक बादलजस्तो नभई डेटा सेन्टरलाई प्रशस्त भूमि चाहिन्छ । अहिले निर्माण भइरहेका केही ठूला डेटा सेन्टरले सयौं एकड जमिनमा इस्पात, कङ्क्रिट र पक्की सतहले ढाक्नेछन्, जसले खेती, प्रकृति वा आवासका लागि उपलब्ध जमिन हटाउने छ । थप प्रसारण लाइन तथा अन्य पूर्वाधार आवश्यक पर्ने छ ।

डेटा सेन्टरहरू दशकौँदेखि निर्माण गरिएका भौतिक संरचनाको हिस्सा भइसकेका छन् । धेरैजसो सामान्य कार्यालय परिसरमा लुकेर, हाम्रो इन्टरनेट खोजी र मोबाइल फोटोहरू प्रशोधन गर्दै तिनले ठाउँ ओगटिरहेका छन् । त्यसो भए किन चिन्ता ? ठूलो भाषा मोडेलमा आधारित एआई उपकरणहरू जस्तैः च्याट जिपिटीले परम्परागत क्लाउड सेवाभन्दा धेरै गुणा बढी कम्प्युटिङ शक्ति प्रयोग गर्छ । अमेजन, मेटा, गुगल र माइक्रोसफ्टजस्ता ठूला प्रविधि कम्पनीले एआईमा तीव्र लगानी गरिरहेका छन् ।

सन् २०१८ देखि २०२१ बीच अमेरिकामा डेटा सेन्टरहरूको सङ्ख्या दोब्बरभन्दा बढी भयो । एआई लगानीले गर्दा त्यो सङ्ख्या फेरि दोब्बर भइसकेको छ । सन् २०२३ मा एआई बुमको सुरुवातमै अमेरिकी डेटा सेन्टरहरूले १७६ टेरावाट-घन्टा विद्युत् खपत गरे, जुन आयरल्यान्ड देशको कुल खपत बराबर थियो । सन् २०२८ सम्म यो दोब्बर वा तीन गुणासम्म बढ्ने अपेक्षा गरिएको छ ।

यो तीव्र विस्तारले स्थानीय तथा क्षेत्रीय स्रोतहरूमा ठूलो दबाब सिर्जना गर्न सक्छ, जसका लागि धेरै समुदाय पूर्ण रूपमा तयार छैनन् ।

भनिन्छ - एआईका कारण डेटा सेन्टरको माग विस्फोटक रूपमा बढेको छ । भर्जिनिया र टेक्सासमा पहिलेदेखि कर छुटहरू दिइँदै आएको छ । अन्य राज्यहरू पनि त्यसै मार्गमा लागिरहेका छन् ।

विभिन्न अन्तर्राष्ट्रय सभा सम्मेलनमा बताउने गरिएको छ - विश्वको करिब दुई-तिहाइ इन्टरनेट ट्राफिक उत्तरी भर्जिनियाबाट बाहिरिन्छ । यहाँ करिब ३०० डेटा सेन्टरहरू छन् र थप दर्जनौं निर्माणाधीन छन्।

राज्यस्तरीय कर छुट भए पनि डेटा सेन्टरहरूले स्थानीय कर आम्दानीमा ठूलो योगदान पुर्‍याउँछन् । लाउडन काउन्टीमा मात्र सन् २०२५ मा करिब ९० करोड अमेरिकी डलर राजस्व असुल भएको अनुमान छ । तथापि, यस्ता संरचना दीर्घकालीन रोजगारी सिर्जनाका लागि प्रभावकारी नहुने दाबी गर्ने गरिन्छ । अधिकांश रोजगारी निर्माण चरणमा मात्र सीमित हुन्छन् ।

अघिल्लो समयमा एओएलजस्ता कम्पनीका क्याम्पसमा हजारौं कर्मचारी काम गर्थे । अहिले सोही जमिनमा ठूला डेटा सेन्टरहरू बनेका छन्, जहाँ केवल १००–१५० जनालाई रोजगारी पाइरहेका छन् । यी संरचनाहरू विशाल छन् र विद्युत् पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेका छन् । प्रसारण लाइन, ग्यास प्लान्ट, पाइपलाइन र वायु प्रदूषण लगायत असरहरू पनि बढिरहेका छन् । उत्तरी भर्जिनियामा हजारौं डिजेल जेनरेटरले वायु प्रदूषण बढाएका छन्, जसले बालबालिकाको स्वास्थ्य र वृद्धवृद्धाको रोगमा थप असर पुर्‍याएको छ ।

टेक्सासमा २०२५ मा डेटा सेन्टरहरूले ४९ अर्ब ग्यालन पानी प्रयोग भएको अनुमान छ, जुन सन् २०३० सम्म ३९९ अर्ब ग्यालन पुग्न सक्छ । पानी मुख्य रूपमा कुलिङका लागि प्रयोग हुन्छ तर यसको धेरै हिस्सा वाष्पीकरण भएर उड्छ । पुनःप्रयोग गरिएको पानी पनि नदी स्रोतहरूमा फर्किँदैन ।

वैकल्पिक प्रविधिहरू जस्तैः इम्मेर्सन कुलिङ उपलब्ध भए पनि महँगो भएका कारण व्यापकरूपमा प्रयोग भएका छैनन् । गुगलले मात्र सन् २०२३ मा ५ अर्ब ग्यालन पानी प्रयोग गरेको जनाएको छ । क्यालिफोर्निया विश्वविद्यालयको अध्ययन अनुसार २० वटा एआई प्रश्नले एक बोतल पानी बराबर खपत गर्न सक्छन् । डेटा सेन्टर एउटा ठूलो स्ट्राजस्तै भएकोले एकै ठाउँबाट धेरै पानी तान्छ ।

संसारमा धेरै डेटा सेन्टरहरू पानी अभाव भएका क्षेत्रमा निर्माण भइरहेका छन् । साथै, विद्युत् उत्पादन (विशेष गरी जीवाश्म इन्धन) पनि पानीमा निर्भर हुन्छ । माइक्रोचिप निर्माणमा पनि ठूलो मात्रामा पानी प्रयोग हुन्छ - दैनिक करोडौं ग्यालन । यसले भविष्यमा पानी र विद्युत् आपूर्तिमा ठुलो समस्या खडा गर्ने अनुमान पनि गरिएको छ ।

डाटा सेन्टरको विकासमा गरिरहँदा समुदायले डेटा सेन्टरका फाइदा र जोखिम दुवै मूल्याङ्कन गर्नुपर्छ । एआईले उपयोगी कामहरू गर्न सक्छ, जस्तैः ऊर्जा र पानी प्रणाली सुधार तर अनावश्यक प्रयोग पनि बढिरहेका छन् । उदाहरणका लागि, एआई भिडियो बनाउन अत्यधिक ऊर्जा लाग्छ । ५ सेकेन्डको भिडियो बनाउन माइक्रोवेभ एक घन्टा चलाएबराबर ऊर्जा खपत हुन्छ ।

जर्जियाको एउटा डेटा सेन्टरले मात्र काउन्टीको १०% पानी प्रयोग गर्छ । स्थानीय निर्णयहरू जटिल छन् र प्रारम्भिक योजना आवश्यक छ । अतः डेटा सेन्टरको विकास गरिरहँदा सुरुदेखि नै पानीको उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

डेटा सेन्टरहरूले विद्युत् माग बढाएका छन्, जसले उपभोक्ताको बिल बढाएको छ । विद्युत् खपत गर्नुपर्ने क्षेत्रका लागि यो धेरै उपयोगी हुन्छ तर नयाँ पूर्वाधारको लागत सबै उपभोक्ताले तिर्नुपर्छ । केही कम्पनीहरूले आफ्नै ऊर्जा स्रोत प्रयोग गरिरहेका पनि छन् तर त्यसले पनि ग्रिड प्रयोग गर्छ । तथापि, ऊर्जा दक्षता, ब्याट्री र एआईको प्रयोगले समाधान दिन सक्छ ।

डेटा सेन्टर विस्तारले भूमि, पानी, ऊर्जा, स्वास्थ्य र जलवायुबीच सन्तुलनको प्रश्न उठाएको छ । सही योजना र दिगो नीतिबिना दीर्घकालीन असर गम्भीर हुन सक्छ । यसैले स्थानीय तहले मात्र होइन, राज्यस्तरबाट पनि नियमन जरुरी देखिन्छ । डाटा सेन्टर विकासको पूर्वसर्तको रूपमा पारदर्शिता, दिगोपन र समुदायको सचेतना अत्यावश्यक देखिएको छ ।

गोरे अमेरिकाको लिंकन इन्स्टिच्युट अफ ल्याण्ड पोलिसीका आवासिए लेखक हुन् । यो सामग्री सन् २०२७, अक्टोबर १७ मा सोही संस्थाको वेबसाइटमा प्रकाशित लेखको संक्षिप्त अनुवाद हो ।

प्रतिक्रिया दिनुहोस

जोन गोरे

जोन गोरे अमेरिकाको लिंकन इन्स्टिच्युट अफ ल्याण्ड पोलिसीका आवासिए लेखक हुन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३