विद्युत अपडेट

  • प्राधिकरण : ८४६५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७७३ मे.वा.घन्टा
  • आयात : २४२३ मे.वा.घन्टा
  • निर्यात : ८९६५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५३४९७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४७७ मे.वा.
२०८३ जेठ २२, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाटको खिम्ती जलविद्युत् केन्द्रको सेयर स्वामित्व हस्तान्तरण र सञ्चालन तथा व्यवस्थापनबारे छलफल गर्न बनेको वार्ता समितिको पुनर्गठन गरेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो ।

समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पिपिए), रोयल्टी तथा कर भुक्तानीलगायत विषयमा प्रवर्द्धक कम्पनीसँग वार्ता गर्ने छ ।

खिम्ती जलविद्युत् केन्द्रको निर्माण, सञ्चालन, स्वामित्व ग्रहण तथा हस्तान्तरण (बुट) ढाँचामा हिमाल पावर लिमिटेडले प्रवर्द्धन गरेको हो । केन्द्रले २०५७ असार २७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो ।

विद्यमान सम्झौताअनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि केन्द्रको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ । यद्यपि, विविध कारणले सो हुन सकेको छैन । यससँगै केन्द्रबाट उत्पादित विद्युत्‌को नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा कर सम्बन्धी व्यवस्थालाई पनि टुङ्‌गो लगाउनुपर्ने छ ।

त्यस्तै प्राधिकरण सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति पनि गठन गरिएको छ । उक्त समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवादहरूको पुनरावलोकन र समाधानका लागि काम गर्ने छ ।

सञ्चालक समितिको बैठकले प्राधिकरणमा रिक्त रहेका विभिन्न पदमा पदपूर्तिको प्रक्रिया अघि बढाउन प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक शान्ति लक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३