विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मुस्ताङमा १३.६ मेगावाटको थापा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको माउण्ट कैलाश हाइड्रो पावार कम्पनीको वार्षिक साधारणसभा चैत २८ गते (सोमबार) हुने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीका अनुसार उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गरिने छ । साथै, आर्थिक वर्ष २०७८/७९ लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण पछिल्ला वर्षहरूमा सभा–समारोह तथा वार्षिक साधारणसभा जस्ता कार्यक्रम अनलाइन (भर्चुअल) माध्यामबाट हुँदै आएका छन् । कम्पनीले पनि यही प्रणालीलाई पछ्याउँदै आफ्नो साधारणसभा भर्चुअल माध्यामबाट नै गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३