विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले देशकै ठूलाे ढल्केबर सबस्टेसनको स्तरोन्नति गरेको छ । प्राधिकरणले ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजना अन्तर्गत ३१५ एमभिएका २ वटा पावर ट्रान्सफर्मर थपेर स्तरेन्नति गरेको हो ।

स्तरोन्नति भएको सबस्टेसन आइतबार राति १० बजेबाट सञ्चालन गरिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार स्तरोन्नतिपछि ट्रान्सफर्मरको क्षमता ६३५ एमभिए पुगेको छ ।

‘सबस्टेसनमा ३१५ एमभिएका २ वटा ट्रान्सफर्मर थपिएका छन्,’ उनले भने, ‘एउटा जडान भई सञ्चालनमा आएको छ । अर्को ट्रान्सफर्मर जडान भइरहेको छ ।’ उनले सबस्टेसनको क्षमता बढेकाले अब सुख्खा याममा ४ सय केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतबाट थप सय मेगावाट विद्युत आयात गर्न सकिने बताए । 

सबस्टेसनको स्तरोन्नतिले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि बर्खामा बढी भएको विद्युत भारततर्फ पठाउन पनि सहज हुने उनले बताए । यसअघि सबस्टेसनमा २२०/१३२ केभीका २  ट्रान्सफर्मर जडान थिए । यी ट्रान्सफर्मरको क्षमता ३२० एमभिए थियो । 

अब अन्तरदेशीय प्रसारण लाइनबाट भारतसँगको सम्झौताअनुसारको विद्युत आयात गर्न बाटो खुलेको प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले बताए । ‘अहिले हाम्रो संरचनाले नधान्ने हुँदा यो विन्दुबाट २ सय ७० देखि २ सय ८० मेगावाट विद्युत आयात हुन्थ्यो,’ उनले भने, ‘अब थप सय मेगावाट ल्याउन सकिने भएको छ ।’  

प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाईदेखि नोभेम्बरमा २ सय ५० मेगावाटसम्म र डिसेम्बरदेखि अप्रिलसम्म ३ सय ५० मेगावाटसम्म तथा मेदेखि जुनसम्म २ सय मेगावाट विद्युत आयात गर्न मिल्ने गरी विद्युत खरिद बिक्री  सम्झौता (पिपिए) भएको छ । पिपिएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । 

ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४ सय केभीमा सञ्चालनमा आइसकेको छ ।  नेपालभित्र विद्युत् प्रवाहका लागि ४ सय केभी र २२० केभीको संरचना तयार भइनसकेकाले भारतबाट ४ सय केभी प्रसारण लाइनमार्फत आएको विद्युत्लाई १३२ केभीमा कन्भर्ट गरी प्रवाह गर्ने गरिएको छ । 

हेटौडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारण लाइन १ सय ३२ केभीमा चलिरहेको छ । प्राधिकरणले खिम्ती–ढल्केबरलाई २ सय २० केभीमा चार्ज गर्ने तयारी गरिरहेको छ ।

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनसम्म आइपुग्नेछ ।आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ ।

२ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको माथिल्लो तामाकोसीको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ । वर्षायाममा बढी भएको खण्डमा  ढल्केबर–मुजफ्फपुर लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ ।

हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट आयात गर्न सकिन्छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit