विद्युत अपडेट

  • प्राधिकरण : ९००० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : ३२९१ मे.वा.घन्टा
  • निर्यात : ५०४६ मे.वा.घन्टा
  • ट्रिपिङ : ७४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४७८४२ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २३४१ मे.वा.
२०८२ जेठ २१, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका २ कार्यकारी निर्देशकसहित ४५ कर्मचारीहरूले २०७९ कात्तिक र मंसिरमा अनिवार्य अवकास पाउने भएका छन् । उमेर, हद, सेवा अवधि पुगेको र शैक्षिक प्रमाणपत्रका आधारमा यी कर्मचारीले अनिवार्य अवकास पाउन लगेका हुन् ।

प्राधिकरणका विभिन्न कार्यालयमा कार्यरत ४५ कर्मचारीले अनिवार्य अवकास पाउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कात्तिकमा १७ र मंसिरमा २८ कर्मचारी अनिवार्य अवकास पाउन लागेका छन् ।

१२ तहमा कार्यरत उपकार्यकारी निर्देशक हरराज न्यौपानेले शैक्षिक प्रमाणपत्रका आधारमा कात्तिक ५ गते अनिवार्य अवकास पाउने भएका छन् । न्यौपाने उत्पादन निर्देशनालयमा कार्यरत छन् । यस्तै, हाइड्रोलिक डिजाइन शाखामा कार्यरत उपप्रबन्धक झलकराम सुवेदीले पनि शैक्षिक प्रमाणपत्रकै आधारमा कात्तिक ६ गते अवकास हुँदै छन् । यस्तै, तह ७ का २, तह ६ का ३, तह ५ का ५, तह ३ का ३ र तह २ का दुई कर्मचारीले कात्तिक महिनामा अनिवार्य अवकास पाउने भएका छन् ।

मंसिरमा पनि एक उपकार्यकारी निर्देशकसहित २८ कर्मचारीले अवकास पाउँदै छन् । एनइए इन्जिनियरीङ कम्पनी लिमिटेडमा कार्यरत उपकार्यकारी निर्देशक माधव प्रसारण कोइरालाले मंसिर १४ गते अनिवार्य अवकास पाउँदै छन् । मंसिरमै ७ तहका १, ६ तहका ६, ५ तहका ७, ४ तहका ५, ३ तहका ४, २ तहका ३ र १ तहका एक कर्मचारीले अनिवार्य अवकास पाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३