विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी प्रालिको सेयर किन्न दुई दिनमा करिब ५ गुणा आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि आइतबारदेखि साधारण सेयर निष्कासन गरेकोमा सोमबार कार्यालय समयसम्म उक्त आवेदन परेको हो ।

कम्पनीका अनुसार सोमबार कार्यालय समयसम्म ८ लाख ७९ हजार आवेदकबाट १ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको छ । जुन, ४.७५ गुणा बढी हो । आइतबार बिहान आवेदन खुलेको ३ घन्टामै कम्पनीका लागि चाहिने रकम संकलन भइसकेको थियो ।

आइतबार साँझसम्म २ लाख २७ हजार आवेदकबाट ३७ करोड २६ लाख रुपैयाँ संकलन भएको थियो । कम्पनीले सय रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्ट्याएको थियो । जसबाट २९ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य छ । निष्कासित सेयरमध्ये ५८ हजार कित्ता अर्थात् २ प्रतिशत सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

१ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुटट्याइएको छ । बाँकी २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा चैत्र १० गतेसम्म र ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाडफाँड गरिसकेको छ । स्थानीयका लागि छुट्याइएको सेयरका लागि पनि मागभन्दा बढी आवेदन परेको थियो ।

कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेको छैन ।

प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेकाले चालू आर्थिक वर्षभित्र आयोजनाबाट विद्युत उत्पादन सुरु हुँदैछ । आयोजना सञ्चालनमा आएपछि विद्युत बिक्रीबाट वार्षिक ७० करोड रुपैयाँ  आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit