काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेकाे छ ।
कम्पनीको चुक्त पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय बराबरको प्रतिसेयर सय रुपैयाँ अंकित दरका १ करोड ५४ लाख ८९ हजार १२ कित्ता साधारण सेयरका लागि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले फागुन १८ गतेदेखि चैत ८ गतेसम्मका लागि सेयर आवेदन खुल्ला गर्नेछ । कम्पनीको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत, २.४ मेगावाटको रिडी खोला गरी जम्मा १०.९ मेगावाटको दुई आयोजना सञ्चालन गरिरहेको छ ।