विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङ जिल्लाको सिउरी खोलामा ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको ङादी ग्रुप पावर लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार १७ गते (आइतबार) बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

संचालित आयोजनाको मर्मत संभार गर्न, आयोजनामा लगानी गर्न तथा लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पूँजी बृद्धि गर्न आयोजनाको सञ्चालित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै सम्पूर्ण रकम जोहो गर्न नसकिने भएकाले सो का लागि हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड र साधरण सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद सेयर निष्कास गर्नेछ । 

कम्पनीको ४.९५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनाले २०६९ साल असोज ३० गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३