विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एशियन हाइड्रो पावर लिमिटेडले माघ २७ गते देखि करिब ७ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ९७ हजार २ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीका अनुसार जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत हुन आउने अर्थात ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्येको १० प्रतिशत हुन आउने अर्थात ८४ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसिरहेका नेपाली नागरिकका लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात १६ हजार ८ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुुरक्षित गरिएको छ । 

बाँकी ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । सर्वसाधारणले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम २० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । 

सर्वसाधारणले छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १२ गते सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीको इलाममा ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजना सञ्चालनमा छ । उक्त आयोजनाले २०७८ कातिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । आयोजनको कुल लागत १ अर्ब ३१ करोड १५ लाख ३० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit