विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटेर कारबाही गर्न थालेको छ । वितरण केन्द्रले ५ महिनादेखि विद्युत महसुल नतिरेका ग्राहकको धमाधम लाइन काटिरहेको हो ।

वितरण केन्द्रले ग्राहकबाट ४९ करोड १३ लाख ५४ हजार रुपैयाँ विद्युत महसुल उठाउन बाँकी छ । धेरै विद्युत बक्यौता उठ्न बाँकी देखिएपछि गत पुस २६ गतेबाट महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान सुरु भएको वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले बताए ।

उनका अनुसार डेढ महिनाको अवधिमा अहिलेसम्म ३ सय ग्राहकको लाइन काटेर कारबाही गरिएको छ । घर कार्यालयको लाइन काटिएपछि ग्राहकले प्राधिकरण कार्यालयमा आएर विद्युतको बाँकी बक्यौता तिर्न थालेको पनि उनले बताए । 

‘५ महिनासम्म विद्युत महसुल नतिर्ने ग्राहकको संख्या बढ्दै गएपछि लाइन काटेर कारबाही गरिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘३ महिनासम्मको विद्युत बक्यौता बाँकी रहेका ग्राहकको पनि लाइन काटिन्छ ।’ उनले पछिल्लो डेढ महिनामा लाइन काटेर २ करोड ५ लाख रुपैयाँ विद्युत बक्यौता उठाएको बताए ।

यस्तै, वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानअन्तर्गत विद्युत चोरीमा संलग्न ३२ जनालाई पनि कारबाही गरेको छ । गत पुस २९ गतेबाट सुरु भएको अभियान अन्तर्गत हुकिङ गरेर विद्युत चोरी गर्ने ग्राहकबाट ११ लाख २२ हजार रुपैयाँ उठेको छ ।

कोरोना (कोभिड–१९) महामारीका कारण सुस्त बनेको लाइन काट्ने तथा चुहावट नियन्त्रण अभियान अब नियमितरूपमा चलाउने वितरण केन्द्रले जनाएको छ । यस क्षेत्रको वितरण लाइनको चुहावट ७.८ प्रतिशत छ । चालू आर्थिक वर्ष सकिँदा विद्युत चुहावट ७.३९ प्रतिशतमा झार्ने लक्ष्य छ । यस वितरण केन्द्रअन्तर्गत प्राधिकरणको विद्युत सेवा लिने ७३ हजार ग्राहक छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit