विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव गोकर्णराज पन्थलाई विद्युत नियमन आयोगको सचिवकाे जिम्मेवारी ताेकेकाे छ । मन्त्रालयको आज (मंसिर १७ गते) को मन्त्रीस्तरीय निर्णयले पन्थलाई त्यहाँ पठाएकाे हाे ।

अध्यक्ष दिल्लीबहादुर सिंहका कारण आयोग अहिले भद्रगोल अवस्थामा सञ्चालन भइरहेको छ । त्यस्तो ठाउँमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले अनुभवी, जिम्मेवार र क्षेत्रगत विधामा विज्ञका रूपमा परिचित पन्थलाई सचिवको जिम्मेवारी तोक्नुलाई ऊर्जा क्षेत्र सुधार्ने मन्त्रीको सकारात्मक पहलको रूपमा लिन सकिन्छ ।

अध्यक्षले आयोगलाई लथालिंग बनाइरहेको, यसबाट ऊर्जा क्षेत्रको नीतिगत, नियमनको पाटो भत्किएको र विद्युत उत्पादन तथा प्रसारणको दीर्घकालीन योजनामा समेत असर पर्ने देखिएको हुँदा मन्त्री भुसालले पन्थलाई त्यहाँ जान निर्देशात्मक आग्रह गरेकी थिइन् । पन्थ सहसचिवमा बढुवा भएको र मन्त्रालयले खटाएको ठाउँमा आफू जान तयार रहेको बताएका थिए ।

उनी गत मंसिर १३ गते आन्तरिक प्रतियोगिताबाट सुपरिटेन्डेन्ड (सुई/सहसचिव) मा बढुवा भएका थिए । २०५३ सालमा नेपाल विद्युत प्राधिकरणमा इन्जिनियरबाट सेवा प्रवेश गरेका उनले ३ वर्षपछि अर्थात् २०५६ सालमा विद्युत विकास विभागमा खुला प्रतियोगिताबाट इन्जिनियरमा नाम निकालेका थिए ।

विभागमा नाम निस्केपछि पन्थ प्राधिकरणको जागिर छोडेर आएका थिए । विभागमा कार्यरत रहेकै समयमा २०६६ सालमा आन्तरिक प्रतियोगिताबाट उनले सिनियर डिभिजनल इन्जिनियर (सिडिई) मा नाम निकालेका थिए । इन्जिनियर र सिडिई गरी करिब १५ वर्ष उनले विभागका विभिन्न महाशाखामा रहेर जिम्मेवारी पूरा गरेका थिए ।

मन्त्रालयको कार्यक्रम, बजेट, नीति तथा विकास सहायता शाखाहरूको जिम्मेवारी सम्हालेको ७ वर्षमा उनी सुईमा बढुवा भएका छन् । प्राधिकरण, विभाग र मन्त्रालय गरी उनले ऊर्जा क्षेत्रमा झन्डै २५ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । पन्थ इमान्दार, जिम्मेवारीप्रति प्रतिबद्ध र कर्तव्यनिष्ठ कर्मचारीको रूपमा चिनिन्छन् ।

गुल्मी जिल्लाको साविक हर्दीनेटा गाविसमा २०२८ सालमा जन्मिएका पन्थले पाल्पा मदनपोखराको शारदा माध्यामिक विद्यालयबाट २०४५ सालमा एसएलसी उर्तीण गरेका हुन् । यसपछि, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट २०४८ सालमा सिभिल इन्जिनियरिङ डिप्लोमा र त्यहीँबाट २०५३ सालमा बिई इन्जिनियरिङसम्मको अध्ययन पूरा गरेका थिए ।

सरकारी सेवालाई निरन्तरता दिँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त गरी अनुभव हासिल गरेका पन्थले ऊर्जा विकासको क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल भएका छन् । उनले २०६० सालमा नेदरल्याण्डको आइएचई डेल्फट् इन्स्टिच्यूटबाट ‘जलप्रवाह र जलस्रोत (हाइड्रोलोजी एन्ड वाटर रिसोर्सेस)’ मा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit