विद्युत अपडेट

  • प्राधिकरण : ९००० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : ३२९१ मे.वा.घन्टा
  • निर्यात : ५०४६ मे.वा.घन्टा
  • ट्रिपिङ : ७४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४७८४२ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २३४१ मे.वा.
२०८२ जेठ २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल सरकारका पूर्व–सचिव अनुपकुमार उपाध्यायले नेपाल विद्युत् प्राधिकरणलाई पब्लिक लिमिटेड कम्पनी बनाउन सर्वसाधारणमा सेयर (आइपिओ) निष्काशन गरिए नेपालको ऊर्जा क्षेत्र नै तहस–नहस हुने चेतावनी दिएका छन् । सरकारी सेवामा रहँदा लामो समय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवका हैसियतले प्राधिकरणकाे अध्यक्षकाे जिम्मेवारीसमेत सम्हालेका उनले प्राधिकरणको सेयर आम नागरिकलाई किन्न लगाउनु ‘अपराध’ कर्म हुने बताएका छन् । 

‘लाभांशको लोभ देखाएर अधिकांश लाटा सोझा नेपालीलाई सेयरको कागज भिडाउने “अपराध” आफ्नै हातबाट नगरौँ,’ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘नेविप्राको सेयर निष्काशनले विद्युत् क्षेत्र पनि अब चाँडै नै तहस–नहस हुने देख्छु ।’ 

प्राधिकरणको सेयर निष्काशनका लागि सही समय नआइसकेको उनले बताका छन् । उनले लेखेका छन्, ‘यसका लागि ठीक समय भनेको सबै जलविद्युत् आयोजना (२८–३० गिगावाट) बनेर बैंकको ऋण भुक्तानीको अन्त्यतिरको अवस्था हो । विद्युत् क्षेत्रको सुधार अझै बाल्यकालमा छ र अझै पनि विषय बुझेका कर्मचारी वर्ग समेतको संरक्षण नभएको अनुभूति हुने गर्छ समय–समयमा । बिजुलीको दुनियामा अर्को प्रयोग २०४० पछि थालौँला ।’ 

उनले कुनै ठूलो काम (पूर्वाधार निर्माण) का लागि पैसा चाहिएको हो भने पूर्वाधार करकै रुपमा आम नेपालीबाट थोरै–थोरै कर उठाएर ठूलो रकम जम्मा गर्न सकिने उपाय रहेको समेत सुझाएका छन् । 

उनले भनेका छन्, ‘कुनै ठूलै कामका लागि पैसा चाहिँदै छ भने, तेलमा १०–१५ रुपैयाँ दिने नेपालीले, “मुट्ठी दान” दिने हैसियत पनि राख्छन्, दिनेछन् । मागी हेरौँ ।’

प्राधिकरणले चुक्ता पुँजी ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने ६० अर्ब रुपैयाँ बराबरको २० करोड कित्ता सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले सर्वसाधारणमा जारी गर्ने प्रस्ताव सरकारसमक्ष अघि बढाउने तयारी गरेपछि पूर्व सचिव उपाध्यायको यस्तो भनाइ आएको हो । 

प्राधिकरणले सेयर निष्काशनका लागि संस्थागत सबलीकरणकाे रेटिङ गर्ने कम्पनी इक्रा नेपालबाट ‘डबल ए प्लस’ रेटिङ प्राप्त गरेको केही दिनअघि मात्र सार्वजनिक गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३