विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दाङको घोराही उप–महानगरपालिकामा फोहोरबाट ग्यास उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, उप–महानगरपालिका र नेपाल ऊर्जा विकास कम्पनीको सहकार्यमा निर्माण भएको प्लान्टबाट बायोग्यास उत्पादन सुरु भएको भएको हो ।

महानगरको करौतीडाँडामा निर्माण भएकोले प्लान्टबाट अहिले दैनिक ३ सय घनमिटर बायोग्यास उत्पादन भइरहेको महानगरका सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले बताए । उनका अनुसार अहिले महानगरबाट मात्र उठ्ने फोहोर प्रयोग गरिएको छ । २ हजार घनमिटर ग्यास उत्पादन क्षमता भएको प्लान्टका लागि अन्य पालिकाबाट पनि फोहोर ल्याउने तयारी भइरहेको छ ।

प्लान्टबाट फोहोर प्रशोधन गरी ग्यास र जैविक मल उत्पादन हुनेछ । उत्पादन हुने ग्यास पाइपलाइनमार्फत आगामी असारभित्र महानगरको वडा नम्बर १० र १६ का करिब ४ सय घरधुरीमा पुर्याउने अधिकारीले बताए ।

पाइपलाइन विस्तारको काम सुरु गरिएको छ । यसका लागि आवश्यक एनडिपी पाइप अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको हो । पाइपमार्फत उपलब्ध ग्यास प्रयोग गरेवापत उपभोक्ताले मिटरअनुसार रकम तिर्नुपर्नेछ ।

प्लान्ट र पाइपलाइन निर्माण सम्पन्न गर्न २२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । २०७५ मङ्सिर ५ गते भएको त्रिपक्षीय सम्झौता अनुसार ग्यास उत्पादन गर्नका लागि करिब  २० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएपनि पाइपमार्फत घरघरमा ग्यास पुर्याउनुपर्ने भएपछि लागत बढेको हो । 

प्लान्टमा केन्द्रको ४० प्रतिशत र कम्पनीको ६० प्रतिशत लगानी छ । महानगरले संरचना निर्माणका लागि करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ । कम्पनी र उपमहानगरपालिका बीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।

ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोग भएको अधिकारीले बताए । उनका अनुसार महानगरपालिका अन्तर्गत दैनिक करिब १५ टन फोहार उत्पादन हुन्छ, जसमा  करिब ८ टन गल्ने र कुहिने फोहोर हुन्छ ।

उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियान अन्तर्गत स्थानीयबाट फोहोर किन्न सुरु गरेको पनि महानगरले जनाएको छ । महानगरले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन प्रति केजी १० रुपैयाँ, कपडा प्रति केजी ५ रुपैयाँ, सुर्तीजन्य प्लाष्टिकको फोहोर प्रतिकेजी २ रुपैयाँ, कापीसहित वर्गीकरणअनुसारका फोहोरलाई प्रतिकेजी २० रुपैयाँसम्मकाे खरिददर कायम गरिएको उपमहानगरले जनाएको छ । गल्ने फोहोरलाई ग्यास उत्पादनमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit