विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ ३०, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौं । कैलालीको टिकापुर नगरपालिकाले ५५ विपन्न परिवारलाई वायोग्यासको सुविधा उपलब्ध गराउने भएको छ । नगरपालिकाले अहिले निर्माणाधीन २ सय घनमिटरको वायोग्यास प्लान्टले उत्पादन गर्ने ग्यास विपन्न परिवारमा वितरण गर्न लागेको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आर्थिक अनुदान सहयोगमा निर्माणाधीन वायोग्यास प्लान्टले उत्पादन गर्ने ग्यास गरिब परिवारको भान्छासम्म पुर्याउने योजना रहेको नगरपालिकाकी उप–प्रमुख केसरीकुमारी रावलले बताए । ‘केन्द्रको अनुदान सहयोग र नगरपालिकाको समेत लगानीमा वायोग्यास प्लान्ट बनिरहेको छ,’ उनले भनिन्,‘निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि लक्षित वर्गले वायोग्यास प्लान्टको उपयोग गर्न पाउँछन् ।’

उनले वायोग्यास प्लान्टको करिब ६५ प्रतिशत निर्माण पूरा भइसकेको बताइन् । गाई भैंसीको गोबर तथा नगरपालिकाभित्र दैनिक उत्पादन हुने फोहोरको उपयोग गरी वायोग्यास उत्पादन गर्ने उद्देश्यले प्लान्ट निर्माण भइरहेको हो ।

यो वायोग्यास प्लान्ट चालू आर्थिक वर्षभित्रै सम्पन्न गरिसक्नु पर्ने भए पनि कोरोना (कोभिड–१९) महामारीको जोखिम उच्च भएपछि गरिएको निशेधाज्ञाका कारण निर्माण लम्बिएको उनले बताइन । नगरपालिकाले वायोग्यास प्लान्ट पूरा भएपछि सञ्चालनका लागि सामुदायिक पशु चौपाया व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने पनि उनले बताइन् ।

कूल १ करोड ६० लाख १४ हजार रुपैयाँ लागत अनुमान गरिएको वायोग्यास प्लान्ट नेपाल ऊर्जा विकास कम्पनीले निर्माण गरिरहेको छ । निर्माणाधीन वायोग्यास प्लान्टमा केन्द्रको ६५ प्रतिशत अनुदान सहयोग तथा नगरपालिकाको ३५ प्रतिशत लगानी छ । नगर क्षेत्रको सामुदायिक पशु चौपाया व्यवस्थापन गर्न  वार्षिक २० लाख रुपैयाँ बढी रकम  खर्च हुँदै आएको नगरपालिकाले जनाएको छ ।

केन्द्रको नवीकरणीय ऊर्जा विकास कार्यक्रम अन्तर्गत देशभरमा सयौं वायोग्यास प्लान्ट अहिले निर्माणको चरणमा छन् । आयातित खाना पकाउने ग्यासमाथिको परनिर्भरता कम गरी कार्वन उत्सर्जन कम गर्ने उद्देश्यले ठूला व्यावसायीक वायोग्यास प्लान्ट निर्माण गर्ने कार्यक्रम केन्द्रले सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३