विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुस्थित जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न निर्माणाधीन १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन अबको एक सातामा पूरा हुने भएको छ । प्रसारण लाइनको संरचना निर्माण कार्य सकिन लागेकाले पूरा हुने चरणमा पुगेको हो ।

निर्माणाधीन प्रसारण लाइनको अब एउटा टावर मात्रै ठड्याउन बाँकी छ । यो टावर ठड्याउने काम सोमबार साँझसम्ममा सम्पन्न हुन लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । 

‘प्रसारण लाइनको २०३ वटा टावर मध्ये साँझसम्ममा अन्तिम टावर पनि पूरा हुँदैछ,’ उनले ऊर्जा खबरसँग भने, ‘टावर ठड्याउने काम सकिएपछि तार तान्ने काम एक सातामा सम्पन्न गरेर प्रसारण लाइन सञ्चालनको तयारी सुरु गछौं ।’ लामो समय र संघर्षपछि प्रसारण लाइन पूरा हुन लागेकाले ठुलो उपलब्धी प्राप्त गरेको महसुश भएको उनले बताए ।

भौतिक संरचना निर्माणको काम सकिएपछि सञ्चालन गर्नुअघि प्रसारण लाइनको रुटमा पर्ने रुख विरुवाको अवस्था जाँच गरिने पनि उनले बताए । ९० किलोमिटर प्रसारण लाइनको अधिकांश रुट ४ वर्षअघि नै निर्माण भएकाले सम्बन्धित जिल्ला वन कार्यालयको स्वीकृति लिएर रुख विरुवाको कटान गर्नु पर्ने वा नपर्नेबारे हेर्न आवश्यक रहेको उनले बताए ।

यो प्रसारण लाइन पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने भए पनि उदयपुरको कटारी–४, मरुवाका स्थानीयबासीको अवरोधले निर्माणमा अवरोध गरेपछि ढिलाइ हुन पुगेको हो । जिल्ला प्रशासन कार्यालयको सहयोगमा प्रहरी परिचालन गरेर निर्माण सुचारु गरिएकोमा स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि पुनः रोकिएको थियो ।

सर्वोच्चले स्थानीयलाई मुआब्जा र क्षतिपूर्ति दिएर प्रसारण लाइनको निर्माण सुचारु गर्न पाउने फैसला गरेपछि गत साउन ३२ गतेदेखि रोकिएको काम गत कात्तिक अन्त्यबाट सुरु गरिएको थियो । प्रसारण लाइन पूरा हुने चरणमा पुगेसँगै सोलु कोरिडोरमा आयोजना निर्माण गरिरहेका प्रवद्र्धकले राहत महशुस गरेका छन् ।

यो प्रसारण लाइन समयमा सम्पन्न हुन नसकेकै कारण २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । सोलुको १७ मेगावाट विद्युत खेर गइरहेको छ । हिउँदमा सबै उत्पादन प्रणालीमा जोडिए पनि बर्खाको विद्युत खेर गइरहेको छ ।

निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु र १९.८ मेगावाटको माथिल्लो सोलु ,८६ मेगावाटको सोलु दूधकोसी लगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । यी आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेकाले प्रसारण लाइन चाँडै सम्पन्न गर्नु पर्ने दवाब प्राधिकरणलाई छ ।

सोलु र तल्लो सोलु सुपर सिक्स अन्तर्गत सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न  दिएका जलविद्युत आयोजना हुन् । सोलु बेसिनमा अहिले तल्लो र माथिल्लो सोलु, सोलु दूधकोसीसँगै ५ मेगावाटको जुनबेंसी आयोजना पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit