विद्युत अपडेट

  • प्राधिकरण : ८६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८६९४ मे.वा.घन्टा
  • आयात : ३३०२ मे.वा.घन्टा
  • निर्यात : १४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १२१० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७१९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८२ जेठ ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत ४ जना निर्देशक (११औँ तह) उपकार्यकारी निर्देशक (१२औँ तह) मा बढुवा भएका छन् । जेष्ठता, कार्यसम्पादन मूल्याङ्कनका आधारमा उनीहरूको बढुवा भएको हो ।

बढुवा हुनेहरूमा दुर्गानन्द बडियत, सुभासकुमार मिश्र, मोहनप्रसाद गौतम र राजनऋषि कँडेल रहेका छन् । बडियैत हाल योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयको निमित्त उपकार्यकारी निर्देशकको जिम्मेवारीमा थिए ।

यसैगरी, मिश्रले प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत, गौतमले अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत र कँडेलले प्रशासनको निर्देशकको निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

जेष्ठता, कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमता मूल्याङ्कनबाट बढुवा गर्न प्राधिकरणले २०८० साल पुस ५ गते दरखास्त आह्वान गरेको थियो । उल्लिखित बढुवा सिफारिसमा चित्त नबुझ्ने उम्मेदवारले बढुवा सिफारिस गरिएको आधारमा १५ दिनभित्र पुनरावलोकन समितिसमक्ष निवेदन दिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३