विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतीय सवारी साधन उत्पादक चिनियाँ कम्पनी बीवाइडीले उत्पादन गरेको  ‘डल्फिन ह्याचब्याक’ गाडी नेपालमा सार्वजनिक गरिएको छ । मंगलबारबाट सुरु हुन लागेको नाडा अटो शो २०२३ को पूर्वसन्ध्यामा कम्पनीले उक्त विद्युतीय गाडी सार्वजनिक गरेको हो । 

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सोमबार आफ्नो नक्सालस्थित शो रुपमा एक कार्यक्रमको आयोजना गरी उक्त गाडी सार्वजनिक गरेको हो । 

उक्त गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार ह्याचब्याक सेग्मेन्टमा आएको बीवाइडी डल्फीनमा ४४.९ किलोवाट आवर ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

अल न्यू ई–सिक्सको जस्तै यसमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । यसको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम रहेको छ ।

यसमा १६ इन्चको अलोय ह्वील भएको डल्फिनले ६० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । ७ किलोवाटको एसी चार्जरले घरायसी बिजुलीबाट चार्ज गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit