विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्षको हिउँदमा अहिले लोडसेडिङ नरहेको दाबी गर्दै आगामी दिनमा पनि नहुने ठोकुवा गरेका छन् । गत असोज ११ र १२ गते आएको बाढी–पहिरोले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको संरचनामा क्षति पुर्‍याएको र कालीगण्डकी जलविद्युत् आयोजनाको एउटा युनिट मर्मत हुँदै गरेकोले पिक आवरमा उद्याेगलाई बिजुली दिन नसकिएकाे भए पनि लाेडसेडिङ भने नरहेकाे दाबी गरेका हुन् । नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘माथिल्लो तामाकोसी र कालिगण्डकीको एउटा युनिट गरेर अहिले झण्डै ५ सय युनिट बिजुली उत्पादन ठप्प भएको छ,’ उनले भने, ‘केही प्राविधिक समस्या देखिएको हो, अब १० दिनमा तामाकोसी सञ्चालनमा आउनासाथ यो समस्या पनि समाधान हुन्छ, अहिले पनि लोडसेडिङ छैन र हुँदैन । लोडसेडिङ र प्राधिकरणको घाटामा रमाउनेहरूले यस्तो हल्ला चलाएका हुन् ।’

उनले उद्योगी व्यवसायीले दैनिक २४ घण्टामा विद्युत् उच्च माग हुने साँझ–बिहानको समय (पिक आवर) मा दुईचार घण्टा बिजुली नपाउने अवस्था आउँदा लोडसेडिङको हल्ला चलाएको आरोप समेत लागाए । ‘वर्षायाम र हिउँदमा पनि पिक आवरबाहेकका समयमा पूरा बिजुली दिँदा पनि ८ घण्टाभन्दा बढी उद्योग चलाउन नसक्ने अनि प्राविधिक समस्याका कारण पिक आवरको केही घण्टा उद्योग नचालाइ दिनुस् भन्दा लोडसेडिङ भयो भनेर हल्ला चलाउने ?,’ उनले भने, ‘सिमेन्ट उत्पादनमा विद्युत्‌को लागत निकै कम हुन्छ तर पिकआवरमा बिजुली नपाउँदैमा सिमेन्टको मूल्य धेरै बढाउनु गलत छ ।’

उनले झण्डै ३५ सय मेगावाट विद्युत् उत्पादन सुरु भइसकेको, करिब ७ हजार मेगावाट निर्माणको चरणमा रहेको र अब विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न सुरु गर्ने तयारी भइरहेकोले अर्को १० वर्षसम्म पनि नेपालमा लोडसेडिङ भइरहन्छ भन्नु गलत भएको दाबी गरे । उनले नेपालको पूर्वाधार विकासमा बजेटको सीमितता रहेको बताउँदै सीमित बजेटबाट असीमित लाभ लिने गरी प्राथमिकताका आधारमा पूर्वाधार आयोजनाहरू छनोट गरी विकास गर्नुपर्ने अवस्था रहेको समेत बताए । ऊर्जा पूर्वाधारमा बढाइएको लगानीले सडक, पुल, विद्युतीकरण जस्ता हरेक पूर्वाधारको विकासमा सघाउको पनि उनले बताए ।

यद्यपि, अब नेपालमा कहिल्यै लोडसेडिङ नहुने घिसिङको दाबीप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) अध्यक्ष गणेश कार्की भने असहमत देखिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतबाट बिजुली आएन भने आजकै दिनमा पनि लोडसेडिङ हुने बताए । ‘नेपालमा लोडसेडिङ छैन भनिरहँदा भारतले बिजुली दिएन भने आज पनि लोडसेडिङ हुन्छ,’ उनले भने, ‘हामी आफ्नै बिजुलीले आत्मनिर्भर होऔँ भन्ने हाम्रो धारणा हो ।’

उनले नेपालको विद्युत् उत्पादनको कुल जडित क्षमतामा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशत अर्थात् करिब २६ सय मेगावाट पुगिसकेको, झण्डै १३०० किलोमिटर सडक निर्माण गरिसकेको तथा शिक्षा, स्वास्थ्यजस्ता थुप्रै पूर्वाधारको विकासमा सघाएको तर निजी क्षेत्रलाई राज्यले त्यसको मुनाफा दिन नसकेको बताए ।

‘जलविद्युत् कम्पनीले सेयरधनीलाई किन लाभांश दिन सकेन भन्ने प्रश्न आउने गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रसँग ३.४० रुपैयाँमा किनेको बिजुली प्राधिकरणले १० रुपैयाँमा बेचेर ११ अर्ब नाफा कयायौँ भनिरहँदा निजी विद्युत् उत्पादकहरूको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को दरमा किन परिमार्जन गरिँदैन ?’ 

उनले देश विकासका लागि पूर्वाधारमा पनि ऊर्जा पूर्वाधारको विकास महत्वपूर्ण बनिरहँदा निजी उद्योगिहरूले विद्युत् आपूर्तिमा भएको कटौतीलाई बाहाना बनाएर प्रतिबोरा सिमेन्टको मूल्य २ सय रुपैयाँभन्दा बढी बठाउनुलाई काला बजारीको संज्ञा दिए ।

‘सबै कुरा यथावत रहेको बेला आजको भोलि नै सिमेन्टमा २०० रुपैयाँ मूल्य बढाउनु कालोबजारी हो,’ उनले भने, ‘सिमेन्ट नभई ऊर्जा पूर्वाधारको विकास हुँदैन । हामीले पनि विद्युत्‌को पीपीए दरमा परिमार्जन नहुने हो भने बिजुली उत्पादन नै राक्छौँ भन्यौँ भने उद्योग कसरी चल्लान्, अवस्था के होला ?’

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माणधीन र निर्माण भइसक्नुपर्ने रुग्ण पूर्वाधार आयोजना कसरी छिटो सम्पन्न गर्ने भन्ने विषयमा सरकारले ध्यान पुर्‍याउनु पर्ने बताए । ‘निर्माणको भुक्तानी चक्र ठप्प हुँदा सुस्त बनेको पूर्वाधार विकास अब सिमेन्टमा बढेको मूल्यले ठप्प पार्ने अवस्था छ,’ उनले भने, ‘उद्योगमा अघोषित लोडसेडिङ रहेको भन्दै उद्योगीले सिमेन्टको मूल्य बढाएको बताएका छन् तर त्यति धेरै मूल्य बढ्नु पर्ने अवस्था देखिँदैन ।’

सरकारले असार मसान्तमा गर्नुपर्ने निर्माण व्यवसायीको भुक्तानी पुस मसान्तमा आएर गर्न खोज्दा पनि समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३