काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार राती १२ बजेपछि अर्थात् सोमबारदेखि लागु हुने गरी मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घटेर प्रतिलिटर वर्ग अनुसार १५९ रुपैयाँदेखि १६० रुपैयाँ ५० पैसासम्म कायम गरिएको छ । त्यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएर १४९ रुपैयाँदेखि १५१ रुपैयाँ ५० पैसासम्म कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट १५ सप्टेम्बरमा प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।