काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको नवौं वार्षिक साधारण सभा असोज ९ गते हुने भएको छ । सञ्चालक समितीको भदौ १२ गते बसेको बैठकले कम्पनीको विशेष साधारण सभाको मिती तय गरेको हो ।
कम्पनीका अनुसार उक्त साधारण सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागी लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।
साधारणासभामा अधिकृत तथा पूँजी वृद्धि गर्ने विषयमा छलफल गरी पारित गर्नेछ । यस्तै, सभामा प्रभावित बासिन्दाको लागि छुट्याएको सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले आयोजना गरेको साधारण सभा असोज ९ गते (आइतबार) बिहान ११ बजेबाट अकामा होटेल, धुम्बाराही काठमाडौंमा हुनेछ ।