विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लुम्बिनी प्रदेशको राेल्पा जिल्लाकाे थबाङ गाउँपालिकामा सोलार मिनिग्रिड जोडिएपछि झिलिमिली बनेको छ । गाउँपालिकाकाे वडा नम्बर १ विवाङमा सोलार मिनिग्रिड स्थापना गरिएपछि गाउँ झिलिमिली भएको हो ।

गाउँमा १५० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना गरी सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तिमगरले बताए । उनका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्वन केन्द्रको सहयोगमा सोलार मिनी ग्रिड स्थापना भएको हो ।

‘गाउँपालिकामा सोलार मिनिग्रिड जोडिएपछि करिब ४ सय घरधुरी लाभान्वित भएका छन्’ उनले ऊर्जाखबरसँग भने, पहिले मोबाइल चार्ज गर्न समेत समस्या भोगेको गाउँमा सोलार जोडिएपछि साना तथा मझौला उद्योग सञ्चालन गर्न सहज भएको छ ।’ 

यो गाउँमा गतवर्ष १३.५ किलोवाटको लघुजलविद्युतबाट बाट विद्युत उत्पादन गरिएको थियो । विद्युत अनियमित हुँदा जनताले सास्ती भोग्दै आएको स्थानीयवासीले बताएका छन् ।

अहिले २४ सै घण्टा बत्ती आइरहने र दैनिक कार्यमा सहज भएको घर्तीले बताए । केन्द्रीय प्रसारण लाइन नपुगेका र पुर्याउन धेरै समय लाग्ने दुर्गम ठाउँमा घामबाट सुरु हुने सोलार मिनीग्रिड प्रभावकारी भएको छ ।

सोलार मिनीग्रिड करिब ९ करोड १५ लाख २० हजार रुपैयाँ लागतमा स्थापना गरिएको थियो । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्व केन्द्रको ८ करोड ३४ लाख १८ हजार रुपैयाँ तथा गाउँपालिकाको ८१ लाख २ हजार रुपैयाँ लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit