विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४ निर्देशक (११औं तह) सहित १४ उच्च पदाधिकारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । प्राधिकरणको नेतृत्वमा दोस्रो पटक कुलमान घिसिङ आएको करिब डेढ साताभित्र यी कर्मचारीको सरुवा गरिएको हो ।

प्राधिकरणका अनुसार सरुवा हुने निर्देशकहरूमा प्रदेश २ का निर्देशक चन्द्रशेखर चौधरी, २२० केभी प्रसारण लाइन आयोजनाका राजन ढकाल, आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) अन्तर्गत १३२ केभीका दुई आयोजना हेर्ने नवराज ओझा र उत्पादन विकास आयोजना संस्थागत सुदृढिकरण आयोजनाकी चन्धा न्यौपाने छन् ।

चौधरी, ढकाल, ओझा र न्यौपानेको क्रमशः प्राविधिक सर्पोट विभाग, प्रदेश १ प्रादेशिक निर्देशक, लुम्बिनी प्रदेशको प्रादेशिक निर्देशक तथा पिएमडी अन्तर्गतका विभिन्न आयोजनामा सरुवा गरिएको छ । यस्तै, १० तहका ९ र ९ तहका एक जना कर्मचारीको सरुवा भएको छ ।

प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरका टेकनाथ तिवारीलाई त्यहाँबाट ४०० केभी प्रसारण लाइनहरू हेर्ने गरी जिम्मेवारी तोकिएको छ । यस्तै, पिएमडीका केदारराज सिलवाललाई गण्डकी प्रादेशिक कार्यालयको प्रमुख, जंगबहादुर चन्दलाई विद्युत चुहावट नियन्त्रण महाशाखाबाट सुदूरपश्चिम प्रादेशिक प्रमुख, श्रीराम पोखरेललाई गण्डकी प्रादेशिक प्रमुखबाट ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण महाशाखामा सरुवा गरिएको छ ।

यसैगरी, तारानाथ शर्मालाई कार्यकारी निर्देशकको कार्यालयबाट संस्थागत योजना तथा अनुगमन विभागमा, लुम्बिनी प्रादेशिक प्रमुख मुनिन्द्र ठाकुरलाई प्रदेश २ प्रादेशिक प्रमुखमा, त्रिशूली–३ ‘बी’ हब २२० केभी सबस्टेसन आयोजना प्रमुख थर्कबहादुर थापालाई बृहत २२० केभी प्रसारण लाइन आयोजनामा सरुवा गरिएको छ ।

उता सुदूरपश्चि प्रादेशिक कार्यालय अत्तरियाका जगदीशचन्द्र जोशीलाई कार्यकारी निर्देशकको सचिवालयको प्रमुखमा, प्राविधिक सर्पोट विभागका अनिरुद्ध पौडेललाई उत्पादन विकास विभागको प्रमुख र इनर्जी इफिसियन्सी महाशाखाका प्रमोद रिजाललाई हाल गरी आएको जिम्मेवारी सहित चुहावट नियन्त्रण विभाग अन्तर्गत सडक बत्ति प्रवद्र्धन आयोजनाको प्रमुखको जिम्मेवारी तोकिएको छ ।

गत साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्वमा पठाउने निर्णय गरेको थियो । उनले २७ गते नियुक्ति बुझेर प्राधिकरणमा पदबहाली गरेका थिए । त्यसको दुई दिनपछि अर्थात् साउन २९ गते नै ४ उपकार्यकारी निर्देशकहरू (हरराज न्यौपाने, रामजी भण्डारी, मनोज सिलवाल र मदन तिम्सिना) को सरुवा तथा जिम्मेवारी हेरफेर गरेका थिए ।

घिसिङले यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेको सरुवालाई काम गर्ने टिम बनाउनुपर्ने भन्दै धमाधम उल्ट्याएका छन् । पिएमडीको उपकार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका भण्डारीको ४ महिनामै सरुवा भएको छ ।

यता आफूले राजीनामा नै गरेको अवस्थामा सरकारले जबर्जस्ति पदमुक्त गरी घिसिङलाई कार्यकारी निर्देशक नियुक्ति गरेको भन्दै शाक्यले गत साउन ३२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । उनको उनको मुद्दाका विषयमा आउने मंगलबार (भदौ ८ गते) बहस हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit