विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सुर्खेत । कर्णाली प्रदेशकी नवनियुक्त जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले आगामी दुई वर्षभित्र कर्णालीका सबै घरमा बिजुली पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । पदभार ग्रहणका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

हाल कर्णालीका ८३.१३ प्रतिशत घरधुरीमा विद्युत् पुगेको बताउँदै उनले आगामी दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने बताइन् । दीगो विकास लक्ष्य–२०३० तथा संघीय सरकारले पनि दुई वर्षभित्र देशका सबै प्रदेश तथा जिल्लामा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको बताउँदै बुढाले उक्त लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार आवश्यक रणनीति र कार्ययोजनासहित अघि बढ्ने पनि बताइन् ।

उनका अनुसार दुई वर्षभित्र कर्णालीलाई पूर्ण विद्युतीकरणका लागि कर्णाली विद्युतीकरण कार्ययोजना–२०८१ तयार गरेर लागू गरिने छ । सौर्य मिनी ग्रिड आयोजना, लघु तथा साना जलविद्युत आयोजना निर्माण तथा पुनस्र्थापना र घरायसी सौर्य ऊर्जा प्रविधि जस्ता भौगोलिक बनावट अनुकूलका स्रोतबाट विद्युत् उत्पादन गरी लक्ष्य पूरा गरिने उनको प्रतिबद्धता रहेको छ ।

उक्त कार्ययोजना कार्यान्वयनका लागि तीन तहका सरकार र सम्बद्ध विकास साझेदार निकायहरूसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बुढाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३