विद्युत अपडेट

  • प्राधिकरण : ६७२७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४०४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८०५ मे.वा.घन्टा
  • आयात : ११९२० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८९५७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २००२ मे.वा.
२०८१ चैत १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल–भारत इनर्जी समिट

नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार भएको नेपाल–भारत ऊर्जा सम्मेलनको अवसरमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको र  त्यसका लागि ४६.५ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक रहेको बताए । यस्तो पृष्ठभूमिका कारण अहिले नेपालमा लगानीको सुनौलो अवसर रहेको उनको भनाइ थियो । 

उनले २०५७ देखि मात्र विद्युत उत्पादन सुरु गरेको नेपाली निजी क्षेत्रले अहिले कुल जडित क्षमता ३५०० मेगावाट पुग्दा यसको ८० प्रतिशत (करिब २८०० मेगावाट) हिस्सा ओगटेको पनि जानकारी गराए । नेपाल र भारत बीच हाल १ हजार मेगावाट विद्युत आदान प्रदान भइरहेकोमा आगामी १० वर्षभित्र त्यसलाई बढाएर १० हजार मेगावाट पु¥याउने विषयमा दीर्घकालीन सम्झौता भइसकेको, भारतीय कम्पनीको लगानीमा नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेको र थप हजारौँ मेगावाट बराबरका आयोजनाले भारतीय लगानी पर्खिरहेको कार्कीले बताए । 

नेपाल लगानी बोर्डद्वारा गरिएको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य उर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेकोले सौर्य ऊर्जामा पनि नेपाल भारतीय लगानीकर्ताहरूको लागि आकर्षक गन्तव्य हुन सक्ने कार्कीले बताए । 

नेपालले भारतका आडानी समूह, टाटा पावर, जिन्दल पावर, जीएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपीसी जस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न चाहेको उनले जानकारी गराए । नेपालको प्रचुर जलविद्युत् उत्पादन सम्भावनालाई वास्तविकतामा परिणत गर्दै नेपाललाई क्षेत्रीय बजारमा बढिरहेको ऊर्जाको मागलाई परिपूर्ति गर्ने मुलुकको रूपमा विकास गर्न सकिने कार्कीको भनाइ थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले धेरै कुरामा सहजीकरण गर्ने हुँदा ढुक्कसँग नेपालमा लगानी गर्न आग्रह गरे । अहिले विद्युत् उत्पादनका लागि उपयुक्त नीति रहेको, नेपाल र भारतबीच ४०० केभीको एएटा प्रसारणलाइन सञ्चालनमा रहेको र थप २ वटा लाइन निर्माणाधीन रहेकोले विद्युत् उत्पादन र आदान प्रदानका लागि पर्याप्त पूर्वाधार तयार रहेको उनले बताए । नेपालको जलविद्युत् नीति लगानीकर्ताहरूको संरक्षणका लागि उपयुक्त र उत्कृष्ट रहेकोले नेपालमा लगानीका लागि सबै ठूला भारतीय लगानीकर्ताहरूलाई चटौतले आग्रह गरे । 

इपानका उपाध्यक्ष आनन्द चौधरीले प्रस्तुतीकरण दिँदै नेपालमा ३ हजार ५०० मेगावाट विद्युत उत्पादन भइरहेकोमा ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन रहेको, ४ हजार १०० मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न सक्ने अवसर भारतीय लगानीकर्ता माझ रहेको बताए । उनले निजी तथा सरकारी स्वामित्वमा रहेका नेपालका ठूला र आकर्षक ३ दर्जन जलविद्युत् आयोजनाहरूवारे भारतीय लगानीकर्तालाई संक्षिप्त जानकारी पनि गराए । 

‘जलविद्युत् र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी’ भन्ने नारासहित दिल्लीस्थित नेपाली राजदूतावास र इन्डियन फेडेरेसन अफ ग्रिन इनर्जीको आयोजना तथा इपानको संस्थागत सहभागीतामा उक्त सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३