विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुकुमपूर्वको सिस्नेमा निर्माणाधीन ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाले ६ महिनामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । ८० प्रतिशत निर्माण पूरा भइसकेको आयोजना आगामी असोजदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

अहिलेसम्म आयोजनाको बाँध क्षेत्रका संरचनाको निर्माण पूरा भइसकेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीका सञ्चालक विनय भण्डारीले बताए । ‘आयोजना पूरा हुने चरणमा पुगेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी काम सम्पन्न गरेर ६ महिनामा ग्रिडमा जोड्छौं ।’ 

उनले खोलाको पानी विद्युतगृहमा खसाल्न २ किलोमिटर पाइप लाइन बिछ्याने काम भइरहेको बताए । अहिलेसम्म १६ सय मिटर पाइप बिछ्याइसकिएको छ । 

विद्युतगृहमा पनि धमाधम काम भइरहेको छ । विद्युतगृहको संरचना निर्माण भइरहेको उनले बताए । सिभिल संरचना तयार भएपछि इलेकट्रोमेकानिकल उपकरण जडानको काम सुरु गरिने पनि भण्डारीले बताए ।

आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत मुसीकोट सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहबाट सबस्टेसन २१ किलोमिटर टाढा छ । सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन कम्पनीले नै निर्माण गर्दैछ ।

कम्पनीले २०७५ सालदेखि आयोजनाको निर्माण सुरु गरेको थियो । यसअघि आयोजनाबाट गत पुसदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा उत्पादन धकेलिएको हो ।

आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७० प्रतिशत लगानी ३ वटा बाणिज्य बैंकले गरेका छन् । आयोजनामा प्राइमको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ऋण लगानी गरेका छन् ।

यो आयोजना पूरा भई सञ्चालनमा आएपछि वार्षिक २८.५७९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । बर्खामा २३.४९५ गिगावाट घन्टा र हिउँदमा ५.०८४ गिगावाट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit