विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत उत्पादन सुरु भएको ११० वर्षको इतिहासमा देशको कूल विद्युत जडित क्षमता १६ सय ७ मेगावाट पुगेको छ । सरकार (नेपाल विद्युत प्राधिकरण तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र) र निजी क्षेत्रको लगानीमा निर्माण भई सञ्चालनमा आएका जलविद्युत, सौर्य, वायु र थर्मल आयोजनाको जडित क्षमता १६ सय मेगावाटबाट उकालाे लागेकाे हो ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटको ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि जडित क्षमता पनि बढेर १६ सय मेगावाट नाघेकाे हाे ।

 कूल जडित क्षमता मध्ये १३४८.५७१ मेगावाट जलविद्युत उत्पादन छ । जसमा निजी क्षेत्रको जलविद्युत उत्पादन ८५९.५०५ मेगावाट छ । निजी क्षेत्रको जडित क्षमता ९ सय मेगावाट (८९४ मेगावाट) नजिक पुगेको छ । 

यो उत्पादन निजी क्षेत्रले निर्माण गरेका जलविद्युत र सौर्य विद्युत  आयोजना तथा एउटा चिनी उद्योगबाट भइरहेको हाे । निजी लगानीमा निर्माण भएका ११० विद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् ।

विद्युत प्राधिकरणका अनुसार अहिले निजी लगानीमा निर्माण भएका १०७ विद्युत आयोजनाले व्यापारिक उत्पादन गरिरहेका छन् । ४२ मेगावाट मिस्ट्री खोला, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत र माथिल्लो तामाकोसीको पहिलो युनिटबाट परीक्षण उत्पादन भइरहेको छ । 

चालू आर्थिक वर्षमा निजी लगानीमा बनेका विद्युत आयोजनाको २ सय मेगावाट विद्युत उत्पादन थपिएको छ । एक वर्षमा दर्जन बढी जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन् ।

निजी क्षेत्रले उत्पादन गरिरहेको विद्युत मध्ये २४.१४ मेगावाट सौर्य विद्युत आयोजनाको हो । ३ मेगावाट विद्युत एभरेष्ट सुगर मिलले उखुको खोष्ट (बगास) बाट उत्पादन गरेको हो । निजी क्षेत्रको उत्पादन सरकार (नेपाल विद्युत प्राधिकरण) को भन्दा २४३ मेगावाट बढी हो । 

यस्तै, विद्युत प्राधिकरणका आयोजनाको जडित क्षमता ६५२.५७६ मेगावाट छ । प्राधिकरणकाे जडित क्षमता साैर्य विद्युत, थर्मल प्लान्ट र जलविद्युत आयोजनाकाे हाे । जसमा ५८९ मेगावाट जलविद्युत उत्पादन छ । जलविद्युत मध्ये पनि ४.५३६ मेगावाट जलविद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छैन ।

१०.१०० मेगावाट विद्युत सौर्य विद्युत आयोजनाको उत्पादन हो । थप ५३.४१ मेगावाट थर्मल प्लान्टको हो । जलविद्युत उत्पादन बढ्दै गएपछि प्राधिकरणले थर्मल प्लान्ट सञ्चालन गरेको छैन ।

६० मेगावाट विद्युत नवीकरणीय ऊर्जाका विभिन्न स्रोत (सौर्य, वायु लघुजलविद्युत) बाट उत्पादन गरिएको हाे । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सञ्चालन गरेका  अनुदान सहायताका विभिन्न कार्यक्रम अन्तर्गत निर्माण भएका लघुजलविद्युत, सौर्य, वायु तथा जैविक ऊर्जाका स्रोतबाट विद्युत उत्पादन गरी दुर्गम जिल्लामा विद्युतीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit