विद्युत अपडेट

  • प्राधिकरण : ७२९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२६७४ मे.वा.घन्टा
  • आयात : १४०८८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४२८० मे.वा.घन्टा
  • ऊर्जा माग : ४१९०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७६९ मे.वा.
२०८२ ब‌ैशाख १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा ७० करोड रुपैयाँ लगानी गरेर सौर्य विद्युत् आयोजना विकास गर्न एक भारतीय लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे चलाएको छलफलमा भारतीय लगानीकर्ताले यस्तो इच्छा देखाएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । ‘नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे लगानीकर्तासँग छलफल भइरहे पनि हालसम्म निष्कर्षमा भने पुगेका छैनौँ,’ उनले भने ।

स्थानीय तहले एकीकृत रूपमा जग्गा उपयोग गरी नयाँ परियोजना कार्यान्वयनमार्फत आम्दानीको स्रोत बढाउने उद्देश्यले भारतीय लगानीकर्तासँग सहकार्य गर्न खोजिएको उनले बताए । नरैनापुर–२ र ४ मा जग्गाको व्यवस्थापन गर्न सकिने जनाउँदै अध्यक्ष शाहले लगानी गरेपछि त्यसको परिणाम आउने गरी काम गरिने जानकारी दिए ।

लुम्बिनी प्रदेशसभाका सांसद कृष्ण केसी, खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली, सौर्य ऊर्जाका विज्ञ भरत विश्वकर्मालगायतको सहभागितामा भारतीय लगानीकर्तासँग नयाँ परियोजना कार्यान्वयनका सम्बन्धमा छलफल गरिएको उनको भनाइ छ । 

नरैनापुरसहित बाँकेलाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य ऊर्जा उत्पादन गर्न करिब ७० करोड रुपैयाँ लगानी लाग्ने लाग्ने र लगानी गर्न आफू इच्छुक रहेको ती भारतीय लगानीकर्ता रोहनराज हेडजेले बताए । 

सरकारीस्तरबाट सहज रूपमा समन्वय भए निकट भविष्यमा नरैनापुरबाट सौर्य ऊर्जा उत्पादन गरी योगदान दिने उनको भनाइ छ । उक्त परियोजनामार्फत सुरुमा १० मेगावाटका दरले वार्षिक १ करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गरी सिधैँ ग्रिडमा जोड्ने योजना रहेको हेडजेले जानकारी दिए ।

नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार व्यावसायिक प्रयोजनमा १ हजार ५०० पिकवाट क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा ५०० पिकवाट क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न पाँचवर्षे मासिक किस्तामा बैंक ऋण पाइने सुविधा छ ।

यसरी ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदानस्वरूप बैंकमार्फत उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३