विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापमा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको ग्रीन भेन्चर्स लिमिटेडले विद्युत् बिक्री गरी करिब ५५ करोड आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा जलविद्युत् केन्द्रको बिजुली बिक्री गरी साे आम्दानी गरेको हो ।

साउनदेखि असोजसम्मकाे अवधिमा आयोजनाबाट उत्पादित बिजुली बिक्री गरी ५४ करोड ७१ लाख ९० हजार ४ सय रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको देखिएको छ । गत वर्ष कम्पनीले बिद्युत् बिक्रीबाट ५२ करोड २१ लाख ६६ हजार ५ सय रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको देखिएको छ । कम्पनीले यो अवधिमा २३ करोड ४६ लाख ५८ हजार ४ सय रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष पनि कम्पनीको खुद नाफा २० करोड २७ लाख ९४ हजार रुपैयाँ थियो । 

कम्पनीको सञ्चालनमा रहेको लिखु–४ जलविद्युत् आयोजनाले २०७८ कात्तिक २१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit