विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रसारण तथा वितरण लाइनको मर्मत एवं स्तरोन्नति गर्न शनिबार विभिन्न स्थानको विद्युत आपूर्ति बन्द गरेको छ । प्राधिकरणले लाइनको स्तरोन्नति एवं मर्मत गर्न तथा वरपरको रुखका हाँगाबिँगा काट्न विद्युत आपूर्ति बन्द गरेको हो ।

अहिले प्रदेश–१ मा ३३ दुहबी–खनार  डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति गर्न विद्युत आपूर्ति बन्द गरिएको छ । प्रसारण लाइनको ३३ केभी धरान सर्किटको ४४ नम्बर टावरदेखि ४८ नम्बर टावरसम्म कन्डक्टर बदली गर्न विद्युत आपूर्ति बन्द गरिएको छ ।

बिहान ९ बजेदेखि काटिएको विद्युत लाइन दिउँसो ४ बजेबाट सुचारु हुनेछ । विद्युत आपूर्ति बन्द हुँदा अहिले धरान फिडरबाट विद्युत वितरण हुने क्षेत्रको सेवा प्रभावित भएको छ ।

यस्तै, ३३ केभी दमौली–खैरेनीटार प्रसारण लाइनको मर्मत गर्न विद्युत आपूर्ति बन्द गरिएको छ । दमौली सबस्टेसनदेखि खैरेनीटार सबस्टेसनसम्म लाइन वरपरको रुखका हाँगाबिंगा काट्न ७ घन्टाका लागि विद्युत आपूर्ति बन्द गरिएको हो ।

प्रसारण लाइनको लाइन काटिँदा खैरेनीटार सबस्टेसनबाट आपूर्ति हुने विद्युत सेवा प्रभावित भएको छ । लाइन अवरुद्ध हुँदा अहिले शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिग, घिरिङ्ग र म्याग्दे गाउँपालिकाको विद्युत सेवा प्रभावित भएको छ । बिहान १० बजेदेखि अवरुद्ध विद्युत आपूर्ति साँझ ५ बजेदेखि सुचारु हुने प्राधिरकरण लेखनाथ वितरण केन्द्रले जनाएको छ ।

यस्तै, प्राधिकरणको ६६ केभी हेटौंडा–परवानीपुर प्रसारण लाइनको बुस कटिङ, कन्डक्टर मर्मत तथा एल ए बदली गर्न बिहान ११ बजेदेखि विद्युत आपूर्ति बन्द गरिएको छ । अवरुद्ध विद्युत सेवा दिउँदो साढे १ बजेदेखि सुरु हुनेछ ।

आपूर्ति बन्द हुँदा अहिले अमलेखगन्ज सबस्टेसन, हेटोंडा सिमेन्ट, हामा आइरन, हुलास स्टिल, सूर्या नेपाल, जगदम्बा स्टिल तथा सिमरा सबस्टेसनबाट विद्युत वितरण हुने सबै फिडरको सेवा अवरुद्ध भएको हेटौंडा ग्रिड महाशाखाले जनाएको छ ।

चीतवनस्थित प्राधिकरण चनौली वितरण केन्द्रले रसारदानगरको विद्युत आपूर्ति बन्द गरेर लाइन मर्मतको काम गरिरहेको छ । लाइन मर्मत गर्न बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गरिएको छ ।

यस वितरण केन्द्रले गीतानगर फिडरको जगतपुर बजार क्षेत्रमा ट्रान्सफर्मरको स्तरोन्नति गर्न बिहान १० बजेदेखि विद्युत लाइन काटेको छ । ट्रान्सफर्मर स्तरोन्नतिपछि साँझ ५ बजेबाट विद्युत सेवा सुचारु हुनेछ ।

यस्तै, प्राधिकरण लगनखेल वितरण केन्द्रले पाटन सबस्टेसनबाट सञ्चालन हुने जावलाखेल र रेडियो नेपाल फिडरको आपूर्ति बन्द गरेको छ । वितरण केन्द्रले जावलाखेल चोकमा निजी ट्रान्सफर्मर हटाउन तथा ट्रान्सफर्मरको स्तरोन्नति गर्न लाइन काटेको हो । रेडियो नेपाल फिडर अन्तर्गत रुखको हाँगा काट्न, लाइन मर्मत गर्न एवं तारको स्तरोन्नति गर्न विद्युत आपूर्ति बन्द गरिएको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit