काठमाडौं । विद्युत नियमन आयोगका सदस्य रामप्रसाद धिताल र जलविद्युत उद्ममी शैलेन्द्र गुरागाईंलाई मातृ शोक परेको छ । धितालकी आमा नन्दमाया उपाध्याय धिताल र गुरागाईंकी आमा नारायणीदेवी गुरागाईंको बुधबार निधन भएको हो ।
बिं सं १९९१ मा जन्मिएकी ८७ वर्षिया नन्दमाया अल्जाइमर रोगबाट पिडित थिइन् । उनकाे बुधबार साँझ पेप्सीकाेलास्थित आफ्नै निवासमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनकाे हिन्दू परम्परा अनुसार अन्त्यष्टी गरिएको छ ।
बि.सं १९९२ मा जम्मिएकी ८६ वर्षिय नारायणीदेवी मधुमेय राेगबाट पिडित थिइन । उनकाे हिन्दू परम्पराअनुसार अन्त्यष्टी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । गुरागाईंलाई एक वर्षअघि पितृ तथा पुत्री शाेक परेकाे थियाे । डेढ वर्ष अवधिमा गुरागाईं परिवारमा ३ जना सदस्यकाे निधन भएकाे हाे ।