विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीकाे निर्माणाधीन आयोजना

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले निर्माण गरिरहेको १३२ केभीको मेवा–चाङ्‌गे (ताप्लेजुङ) प्रसारण लाइनको तार तान्ने काम सुरु भएको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सागर श्रेष्ठले फागुन ५ गते एक कार्यक्रमका बीच तार तान्ने (स्ट्रिङिङ) कार्यको विधिवत् शुभारम्भ गरेका हुन् । 

हालसम्म आयोजनाको ७० प्रतिशत निर्माण कार्य पूरा भएको आयोजना व्यवस्थापक (प्रोजेक्ट म्यानेजर) प्रज्वल भट्टराईले ऊर्जा खबरसँग बताए । ‘प्रसारण लाइन आयोजना २०८३ को असारभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउने तयारी छ,’ ऊर्जा खबरसँग उनले भने । 

उनका अनुसार २०७९ चैत ४ गतेबाट आयोजना निर्माण सुरु भएको थियो । कुल १ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माणको काम ठेकेदार कम्पनी कस्मिक इलेक्ट्रिकल लिमिटेडले गरिरहेको छ ।

प्रसारण लाइन ताप्लेजुङको मेवा सबस्टेसनबाट सुरु भएर ढुङ्गेसाँघु सबस्टेसनमा जोडिने छ । ५० किलोमिटर डबल सर्किटको उक्त लाइनबाट १५० मेगावाटसम्म विद्युत् प्रसारण गर्न मिल्ने कम्पनीले जनाएको छ ।

यही प्रसारण लाइनबाट विद्युत् प्रवाह गर्ने गरी १२५ मेगावाट बराबरका ७ वटा जलविद्युत् आयोजनाको निर्माण भइरहेको छ । यी मध्ये ३१.९ मेगावाटको माथिल्लो मेवा ‘ए’,  २३ मेगावाटको युनियन मेवा, २१ मेगावाटको पालुङ खोला स्मल, ९ मेगावाटको सोना खोला र ६.६ मेगावाटको तल्लो मेवाको विद्युत् यही लाइनबाट प्रवाह गर्न समझदारी (एमओयू) भइसकेको उनले बताए । त्यस्तै, यसै क्षेत्रमा निर्माण हुन लागेको  ३० मेगावाटको पालुङ खोला–१ र सुपर पालुङको विद्युत् प्रवाहसमेत यही लाइनबाट गरिने भएपछि समझदारी हुन बाँकी छ । 

उनका अनुसार प्रसारण लाइनको अनुमतिपत्र १५० मेगावाटसम्म रहे पनि करिब २०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न मिल्ने भएकाले आगामी दिनमा यस क्षेत्रमा बन्ने अन्य आयोजनाको विद्युत् समेत प्रवाह गर्न मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३