विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा २५ मेगावाटको माथिल्लो दोर्दी –ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडले विद्युत बिक्रीबाट १३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमाससम्ममा सो आम्दानी गरेको हो ।

चालु आवको मंसिरदेखि चैतसम्मको अवधिमा १३ करोड ११ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले साढे ४ महिनाको अवधिमा सो आम्दानी गरेको हो । 

सार्वजनिक वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनी ७ करोड ९९ लाख ८५ हजार ५ सय रुपैयाँले घाटामा देखिएको छ । कम्पनीको घाटा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष १ करोड ९९ लाख १८ हजार ६ सय रुपैयाँले घाटामा थियो । 

कम्पनीले लमजुङमा निर्माण सम्पन्न गरेको २५ मेगावाटको माथिल्लो दोर्दी –ए जलविद्युत आयोजनाले २०७९ मंसिर १७ गतेदखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit