विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी डबल सर्किट कालीगण्डकी कोरिडोर प्रसारण लाइनको कुस्मा–न्यू बुटवल खण्डको मुआब्जा र क्षतिपूर्ति विवाद अझै समाधान हुन सकेको छैन । प्रसारण लाइनको रुट पर्ने पर्वतको कुस्मादेखि बागलुङ, पर्वत, स्याङ्जा पाल्पा हुँदै नवलपरासीस्थित न्यू बुटवल सबस्टेसनसम्म विभिन्न जिल्लामा देखिएको मुआब्जा र क्षतिपूर्ति विवाद समाधान हुन नसकेको हो ।

प्रसारण लाइनको रुट पर्ने कहीं कहीं मुआब्जा र तारमुनीको क्षतिपूर्तिको विवाद समाधान भइनसकेको आयोजनाका प्रारम्भिक अधिकृत महादेव भट्टराईले बताए । उनका अनुसार बागलुङमा अधिग्रहण गर्नुपर्ने जग्गामा मुआब्जामा विवाद छ ।

‘धेरै समय भयो बागलुङको जग्गा विवाद मिलेको छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘पर्वत, पाल्पा र स्याङ्जामा पनि २० प्रतिशत जग्गा अधिग्रहण हुन बाँकी छ ।’ उनले यी जिल्लाको ८० प्रतिशत मुआब्जा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत आयोजनाले वितरण गरिसकेको बताए । मुआब्जा विवाद रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधि एवं जग्गा धनीबीच समन्वय गरेर समाधान गर्ने प्रयास भइरहेको उनले बताए । 

प्रसारण लाइनको दाना–कुस्मा खण्ड (४० किलोमिटर) मा पनि तार मुनीको जग्गाको क्षतिपूर्तिका विषयमा केही स्थानको विवाद कायमै छ । यो खण्डमा पर्वतको कुस्मा सबस्टेसन नजिकै प्रसारण लाइनका ४ वटा टावर मुनी पर्ने जग्गाको क्षतिपूर्ति निर्धारण हुन नसकेको आयोजनाका लेखापाल गोविन्द शर्माले जानकारी दिए ।

उनका अनुसार प्रसारण लाइनको संरचना तयार भइसके पनि क्षतिपूर्ति विवाद समाधान हुन सकेको छैन । पहिलो खण्ड सञ्चालन गर्नुअघि यहाँ देखिएको समस्या समाधानको प्रयास भइरहेको छ । यो खण्डमा अहिलेसम्म आयोजनाले स्थानीयलाई करिब २० करोड रुपैयाँ मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकेको छ । तारमुनीको जग्गाको क्षतिपूर्ति बापत आयोजनाले १२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

पर्वतमा पर्ने रुटको जग्गाको मुआब्जा भुक्तानी भइसकेको छ । तार मुनीको जग्गाको क्षतिपूर्ति पनि ८० प्रतिशत हाराहारीमा वितरण गरिएको छ । प्रसारण लाइनको रुटमा सडक पूर्वाधार, मन्दिर, विद्यालय सिचाई, चौतारी तथा कुलो निर्माणलगायत सामाजिक उत्तरदायित्वका काम पनि आयोजनाले गरेको छ ।

कालीगण्डकी कोरिडोरका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गरिरहेको हो । यो प्रसारण लाइन ३ खण्डमा निर्माण भइरहेको छ । कालीगण्डकी नदी बेसिनमा निर्माण भएका तथा निर्माणको विभिन्न चरणमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाह गर्न सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन निर्माण गरिएको हो ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit