काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुचारु भएको छ । कात्तिक ८ गतेदेखि विद्युत् उत्पादन सुचारु भएको कम्पनीका प्रबन्ध सञ्चालक कृष्णप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
यसअघि असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको प्रसारण लाइनमा क्षति पुर्याएपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको थियो ।
बाढीबाट क्षतिग्रस्त प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न गरी केन्द्रलाई पुनः सञ्चालनमा ल्याइएको उनले बताए ।