विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मेवा डेपलपर्सले  लिमिटेडले ७३.५ मेगावाटको विद्युत प्रवाह हुने १०.७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

प्रदेश नं. १ अन्र्तगत ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा निर्माण सम्पन्न मध्य मेवा जलविद्युत आयोजनाको स्वीचार्डदेखि सोही जिल्लामा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको ढुङ्गेसामु सबस्टेसन सम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको  छ ।

विभागले अनुमतिपत्रको लागि ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ ।

प्रसारण लाइनमा करिब ३६ वटा टावर जडान गरिनेछ । जमिनको सतहबाट टावरको उचाई न्यूनतम ३०.२६ मिटर तथा अधिकतम ३९.२६ मिटर हुनेछ र टावरहरु बीचको न्यूनतम दुरी २५ मिटर तथा अधिकतम दुरी ८०३ मिटर हुनेछ ।

आयोजना निर्माणको लागि कुल १९.८५६२ हेक्टर जग्गा आवश्यक पर्ने छ । जस मध्ये ०.७८७५ हेक्टर फाउन्डेसनको लागि, १८.६६८७ हेक्टर जग्गा विद्युत मार्गको लागि र ०.४ हेक्टर आयोजनाको सुविधाको लागि प्रयोग गरिनेछ । 

यो प्रसारण लाइन निर्माणको कार्य साढे १ वर्ष भित्रमा सम्पन्न गरिने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भु–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit