काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूह तथा उपसमूहमा कार्यरत ३ जना उच्च पदाअधिकारीलाई उप–कार्यकारी निर्देशकमा बढुवा गरेको छ । प्राधिकरणकाे बढुवा सिफारिस समितिले आइतबार ज्येष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मूल्यांकनका आधारमा यी कर्मचारीलाई उप-कार्यकारी निर्देशकमा बढुवा गरेको हो ।
कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ (संशोधन सहित) को विनियम ५८ मा भएको व्यवस्था बमोजिम कार्यक्षमता मूल्यांकनका आधारमा ११ तहका यी कर्मचारीलाई १२ तहमा बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ११ तहमा कार्यरत मदन तिम्सिना, तारा प्रसाद प्रधान र फणिन्द्र राज जोशीलाई उपकार्यकारी निर्देशकमा बढुवा गरिएको छ ।