विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव अर्थात् रजत जयन्ति मनाउने भएको छ । ‘इपान रजत जयन्ती २०८१, निडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नाराका साथ वार्षिकोत्सव मनाउन लागेको हो ।

इपानले आज पत्रकार सम्मेलन गरी आगामी माघ ४ गते विभिन्न कार्यक्रमका साथ उक्त जयन्ति मनाइने जनाएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको इपान २०५७ साल माघ ४ गते स्थापना भएको थियो ।

विद्युत् उत्पादनमा निजी क्षेत्र प्रवेशको झण्डै ३ दशक र इपान स्थापनाकाे २५ वर्षमा देशमा कूल उत्पादन क्षमता करिब ३ हजार ३ सय मेगावाट पुगेको छ । यसमध्ये करिब २ हजार ६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भएको इपानको दाबी छ । यो कूल जडित क्षमताको करिब ७९ प्रतिशत हो ।

इपानका अनुसार अहिले करिब ४ हजार १ मेगावाटका आयोजना निर्माणाधीन, ४ सय ३ सय मेगावाटका आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न गरी वित्तीय व्यवस्थापनामा जुटेका छन् । यस्तै, १२ हजार ५०० मेगावाटका आयोजना पिपिएको पर्खाइमा छन् । निजी क्षेत्रले ऊर्जा विकासमा अहिलेसम्म करिब १५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको पनि इपानले जनाएको छ ।

कार्यक्रममा बाेल्दै इपान अध्यक्ष गणेश कार्कीले सरकारले ऊर्जा उत्पादन, प्रसारणको लक्ष्य ठूलो लिने गरेको भए पनि त्यस लक्ष्यलाई पूरा गर्न नीतिगत सहजीकरणको काम भने नगरेकोले ऊर्जा विकास सहज नभएकाे बताए ।

‘सरकारले अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसका लािग आवश्यक प्रसारण लाइन बनाउने लक्ष्य लिँदैछ,’ उनले भने, ‘तर त्यो लक्ष्य पूरा गर्न सरकारले सहजीकरण भने गर्दैन । उनले विद्युत् खरिद सम्झौता रोकेर राख्ने, निजी ऊर्जा उत्पादकलाई १४ वटा मन्त्रालयका विभिन्न निकायमा धाउन बाध्य पार्ने, वनको अनुमति तथा वातावरणीय स्वीकृति लिन वर्षौ लगाइदिने, विस्फोटक पदार्थ उपलब्ध गराउन पहल नगर्ने जस्ता प्रवृत्ति जारी रहे उक्त लक्ष्य पूरा नहुने उनको भनाइ छ । 

अहिले पनि भारतले बिजुली नदिए नेपालमा लोडसेडिङ हुने अवस्था रहेकोले १५ हजार निर्यात गर्ने र १३ हजार ५०० मेगावाट स्वदेशमै खपत गर्ने लक्ष्य अनुसारको विद्युत् उत्पादन गर्ने आवश्यक करिब ५० अर्ब अमेरिकी डलर बराबरको लगानी जुटाउन ऊर्जा संकटकाल नै घोषणा गरेर अघि बढ्नु पर्ने बताए । 

त्यस्तै, कार्यक्रममा इपानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा उत्पादनमा निजी क्षेत्र भित्रिएको २५ वर्षमा २ हजार ६ सय मेगावाट विद्युत् उत्पादन गरिसकेको बताए । ऊर्जा संकटकाल लगाएर निजी क्षेत्रलाई सहजीकरण गर्ने हो भने सरकारले लिन लागेको २८ हजार ५०० मेगावाटको लक्ष्य पूरा गर्न कुनै समस्या नहुने बताए । उनले इपानले २५ औँ रजत जयन्तीलाई नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको भूमिकाको उजागर गर्ने मञ्चको रुपमा प्रयोग गर्न चाहेको पनि बताए । 

यस्ताे छ रजत जयन्तिकाे तयारी

रजत जयन्तिका अवसरमा फुटसल तथा व्याडमिन्टन प्रतियोगिताको बिजेता, उपविजेता र तेस्रो हुने टोलीलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यसका लागि टिम दर्ता खुला भइसकेको र प्रतियोगिता यही पुस २६ र २७ गते हुने जानकारी गराइएको छ । यस्तै, निबन्ध लेखन प्रतियोगिताका लागि निबन्धहरू माग भइसकेको र पुस १५ गतेसम्म प्राप्त निबन्धमध्ये उत्कृष्ट १० वटा लाई पुस २० गते प्रस्तुतिकरण गर्न लगाइने छ । त्यसमा पहिलो, दोस्रो र तेस्रो हुनेले कमशः ५०, २५ र १५ हजार रुपैयाँ पुरस्कार राखिएको जनाइएको छ ।

त्यसैगरी, छोटो वृत्तचित्र र फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने व्यक्ति÷कम्पनीलाई कमशः ३०,२० र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसका लागि पनि प्रस्ताव आह्वान भइसकेको र पुस १५ गतेसम्म फोटो भिडियो पठाइसक्नुपर्ने उल्लेख छ ।

इपानका अनुसार रजत जयन्तीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको सयोजकत्वमा मूल–समारोह समिति गठन गरिएको छ । उक्त समितिमा उपाध्यक्ष आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, भरतबहादुर खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव कविता कँडेल, कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, कार्यसमिति सदस्य उत्तरकुमार श्रेष्ठ र सुमन जोशी रहेका छन् ।

उता, स्मारिका प्रकाशनका लागि महासचिव खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको छ । त्यसमा आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष पन्त, सत्र व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष चौधरी, पुरस्कार/अवार्ड व्यवस्थापन समितिको सयोजकमा उपाध्यक्ष लामा, अतिरिक्त कियाकलाप व्यवस्थापन समितिको सयोजकमा उपाध्यक्ष आचार्य, ईभी र्‍यलीको संयोजकमा उपाध्यक्ष खत्री, रजत जयन्ती अवधारणा निर्माणको संयोजकमा उपाध्यक्ष गर्ग, मञ्च व्यवस्थापन समितिको संयोजकमा उपमहासचिव दुलाल र अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा सचिव कँडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३